Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिबाह गर्दै संसारकी अग्ली युवती !

$
0
0
रियो दि जेनेरियो, ब्राजिलकी सबैभन्दा अग्ली युवती अब छिट् संसारकै सबैभन्दा अग्ली बेहुलीका रूपमा देखिने भएकी छन । यी युवती पेशाले मोडल समेत रहेकी छन । उनको उँचाइ ६ फिट ८ इन्च रहो छ । अग्ली एलिस्ने डे क्रुज सिल्वा नाम गरेकी यी युवती विगत ३ वर्षदेखि एक पाँच फिट ४ इन्च उँचाइ भएका युवा फ्यांकिनाल्डो डा सिल्वा कार्वाल्हो संग प्रेममा परेकी थिइन । यस प्रेम सम्बन्धलाइ अब उनीहरुले विवाह बन्धनमा बदल्ने निश्चय गरिसकेका छन । गएको मार्च महिनाको २९ तारिखका दिन उनीहरुले इङ्गेजमेन्ट समेत गरिसकेका छन । उनीहरू दुबैले आफुहरूको उँचाइलाइ कुनै महत्व दिँदैनन । यी युवती पिट्युटरी ग्ल्यान्डमा ट्युमर पलाएका कारण यसरी अग्ली हुँदै गएकी हुन । यो जोडी अहिले ब्राजिलको सैलिनपोलिसमा बस्दछन । उनीहरू विगत एक वर्षदेखि सँगै बस्दै आएका छन । एलिस्नेको उमेर अहिले १८ वर्ष मात्र रहेको छ । उनी कलिलै उमेरमा आमा समेत बन्न चाहेको बताउँछिन । चिकित्सकहरूका अनुसार जिग्यान्टिजम नामक रोगबाट ग्रस्त भएकी यी युवती आमा बन्न सक्ने कुरामा भने शंका रहेको बताउँदछन । एजेन्सी

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>