
उसो त मिडियामा बलिउड नायिकाहरुको चर्चा नै धेरै हुने गरेको छ । तर भारतका विभिन्न प्रान्तमा विभिन्न नाममा चलिरहेका सिने नगरीहरु पनि चर्चित छन् । ती सिने नगरीसँग आवद्ध कलाकारहरु आफ्नो स्थानमा खुबै उचाईमा पुगेका छन् ।
टाँलिवुड नायिका नमिताले दक्षिण भारतीय दर्शकको मनमा राज गरेकी छिन् । उनको आज जन्मदिन पनि हो । उनले तमिल, तेलुगु, कन्नड र मलयालम सिनेमामा काम गरिसकेकी छिन् । उनले ‘सोंथम’ नामक तेलुगु सिनेमाबाट आफ्नो करिअर सुरु गरेकी हुन् । आज उनलाई टाँलिवुड नगरीले ‘सेक्स बम’को नामले पनि चिन्दछ ।
source : onlinekhabar