Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अनुमतिबिनै अमेरिकी पाइलटले उडाए चिनियाँ जहाज

$
0
0
काठमाडौं : चिनियाँ जहाज एमए ६० उडाएर आएका दुई अमेरिकी पाइलटसँग त्यो जहाज उडाउने योग्यताको प्रमाणपत्र (टाइप रेटिङ) नभएको पाइएको छ। चीनबाट जहाज लिएर आएका एअर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) नम्बर २२९०७४० का पिटर जोन पार्कर र नम्बर २२८४३६० का अर्का पाइलट दुवैसँग एमए ६० को रेटिङ प्रमाणपत्र छैन। यी दुई पाइलटलाई अमेरिकी उड्डयन संस्था फेडरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले दिएको एटीपीएलको अन्नपूर्ण पोस्ट्लाई प्राप्त फोटोकपीमा अन्य जहाज उडानको अनुमति भने छ।
टाइप रेटिङ नभई कुनै पनि जहाज उडान गर्न पाइँदैन। नेपाली उड्डयन क्षेत्रका एक विज्ञका अनुसार चीनले चलाखीपूर्वक जहाज नेपाल उडान गराएको थियो। एफएएले यो जहाज उडानका निम्ति सर्टिफिकेट अफ एअरओर्दिनेस हालसम्म दिएको छैन। तर चिनियाँ जहाज भने अमेरिकी पाइलटलाई नै उडान गर्न लगाएर ल्याइयो। आश्चर्यपूर्ण अर्को पक्ष के छ भने यो जहाजको बिमासमेत भएको थिएन। काठमाडौं आएपछि भैरहवाको उडान पनि प्रमाणपत्र नभएका यिनै पाइलटले गरे। ती विज्ञका अनुसार नाइन एनबाट सुरु भएको कल साइनअनुसार उडान गर्नुपर्नेमा बिमा नभएकै कारण चिनियाँ कलसाइन बी-एटथ्रिवानएलसहित एमए ६० ले उडान भरेको थियो।
सामान्यतया अन्तर्राष्ट्रिय फेरीबाट आएको यस्तो जहाजले नेपाली सर्टिफिकेट अफ रजिट्रेसन लिएरमात्र आन्तरिक उडान गर्नुपर्छ। चिनियाँ दूतावास र नेपाल सरकारको मन्त्रालयकै दबाबमा उड्डयन नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले समेत यसमा ध्यान नपु:याएको देखिएको छ। युरोपेली संघले हवाई सुरक्षाको प्रश्‍न उठाउँदै नेपाली विमानलाई कालोसूचीमा राखिरहेकै बेला भएको यो घटनाबाट महँगो मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्ने एक निजी वायुसेवामा आवद्ध पधाधिकारीले बताए। एमए ६० लाई अन्तराष्ट्रिय नागरिक उड्‍‍डयन संस्था आईकाओले समेत नेपालले गरेको सर्टिफिकेसनलाई पुनर्विचार गर्न सुझाउ दिएको छ। -
अन्न पूर्ण पोस्ट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>