काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य टृलिश्रृंखला ‘तीतो सत्य’बाट निर्देशक तथा कलाकार दिपकराज गिरी बाहिरिएका छन् ।
यससँगै ‘तीतो सत्य’को स्क्रिनमा उनी देखिने छैनन् । सँधैका लागि भने नबाहिरिएको बताए पनि कहिले ‘कम ब्याक’ हुने भन्ने पनि उनले खुलाएका छैनन् ।
पछिल्लो समयमा मिडियामा निकै एक्सपोज भएको महसुस गर्दै केही समय उनी मिडिया र स्क्रिनबाट ओझेल पर्न लागेका हुन् ।
तर स्क्रिनबाट ओझेल परेपनि ‘तीतो सत्य’को निर्देशक तथा निर्माण टिममा उनको संलग्नता रहिरहनेछ ।
फिल्म ‘६ एकान ६’ पछि मिडियामा निकै छाएका उनले अर्को फिल्म ‘वडा नम्बर ६’ को तयारी थालेका छन् । सो फिल्मसहित थप अर्को एक फिल्मको स्क्रिप्ट लेखनमा ध्यान दिन पनि उनले ‘तीतो सत्य’को स्क्रिनको लोभ नगरेका हुन् ।
कलाकार तथा निर्माता निर्मल शर्माले तीतोसत्यमा केही समय दिपक हराउने जनाउदै फर्कंदा नयाँ लुकका साथ आउने बताए । दिपकका नजिकका मित्र समेत रहेका उनले भने, ‘उहाँ कम ब्याक हुँदा कपाल र दाह्री लामो भएको हुन सक्छ ।’