Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

प्रहरी परिचरले पत्नीलाई जलाएर मार्न खोजेको दावी

$
0
0





















 २१ जेठ, नेपालगञ्ज । श्रीमानले कुटपिट गरी मट्टतिेल छर्केर आगो लगाउने लागेकी एक युवतीलाई उद्धार गरिएको छ । बाँके परसपुर-७ परसपुर गाउँका २५ वर्षीय मनोज बाल्मिकीले मदिराले मातेको अवस्थामा आफ्नै २२ वषिर्या श्रीमती अमृता बाल्मिकीमाथि मट्टतिेल खन्याएर आगजनी गर्न खोजेका थिए ।

मनोज सशस्त्र प्रहरी वलको नेपालगञ्जको कारकाँदोस्थित औद्योगिक गणमा सशस्त्र प्रहरी परिचरको रुपमा कार्यरत छन् । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा छन् । मनोजले अमृतामाथि मटि्टतेल खन्याइ आगो लगाउने प्रयास गर्दा गर्दै नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको रिफलेक्ट सर्कल तथा महिला अधिकार मञ्चको पहलमा महिलाको उद्धार गरिएको मञ्चकी महासचिव रुवी खाँनले जानकारी दिइन 
उनले भनिन्-’श्रीमतिलाई कुटेर मार्नै लाग्यो भनेर खवर आयो । जाँदा त मदिराले मातेको अवस्थामा रहेको मनोजले बेहोस हुने गरी पिटेर मट्टतिेल छर्केको अवस्थामा पुगेर नियन्त्रणमा लिएर उनलाई उद्दार गरेका हौ ।’ अमृताको भेरी अञ्चल अस्पतालमा अमृताको उपचारमा भइरहेकेा छ ।

घाइते अमृताका २ बच्चा छन् । ८ वर्षीय छोरा र ७ महिनाको छोरा पनि रहेको छ । घटना हुँदा अमृताकी सासु बजार गएकी थिइन् भने घरमै रहेका दाजु भाउजु बचाउमा आउम्दा मनोजले पिटेर कोठा बाहिर निकालेका थिए । सशस्त्र प्रहरी वल औद्योगिक सुरक्षा गणका सशस्त्र प्रहरी उपरिक्षक विदुर गुरुङ्गले घटनाको बारेमा बुझ्नको लागि टोली घटनास्थलमा पठाएको जानकारी दिए ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>