Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

घरमा बोलाएँ, पैसा पनि दिएँ, सेक्सको अफर पनि राखें : रोजी

$
0
0
सहरमा केटा छानी-छानी प्रेम गर्ने र हप्ता दिनमै ब्वाइफ्रेन्ड फेर्ने युवती प्रशस्त छन् । जीवनमा एकपटक मात्र प्रेम हुन्छ भन्ने विश्वास पाल्ने मजस्ता व्यक्तिका लागि यस्ता युवती आश्यर्चका पात्र हुने नै भए । यस्तै युवतीको अन्तर्वार्ता लिने रहर पलाएपछि म धेरै कलेज पुगें, धेरै पार्कको चक्कर लगाएँ । केही सिनेमा हल अनि केही डान्सबार चहारेपछि मैले रोजी (नक्कली नाम) लाई फेला पारें । पुरानो कुरा छाडिदिउँ, रोजीले गएको दुई वर्षमा ११ जनासँग 'सिरियस्ली'प्रेम गरिसकेकी थिइन् । दुई जनासँग झन्डै 'इंगेजमेन्ट'भएको थियो । लामो समय लगाएर उनको प्रेम इतिहास बुझेपछि मैले कुराकानी सुरु गरें ।

केटा फेर्नु तपाईंको हवी हो ?

होइन, पटक्कै होइन। लभ त हबीले गरिँदैन नि, एट्रयाक्सन भएपछि गरिन्छ।

तैपनि ११ वटा केटा फेर्नुभो, कारण के होला ?

त्यही त भन्या... म आफैं छक्क पर्छु। सिरिएस्ली लभ गर्छु भन्छु, बीचमै ब्रेक हुन्छ। म पनि कुरा बुझ्दिनँ।

अहिले कोसँग इन्गेज हुनुहुन्छ ?

जुमेनसँग। उसको मलाई के मनपर्‍यो भने उसको बाइकको स्पिड हरामी छ। एकपल्ट संयोगले उसको मोटरसाइकल चढेकी थिएँ, त्यो बेलै मैले उसलाई मन दिएँ।

यति सामान्य कुरामा पनि प्रेम हुन्छ र भन्या ?

ठूलो कुरा हो नि। सहरको सबैभन्दा राम्रो बाइक राइडर तपाईंको ब्वाइफ्रेन्ड हुनु ठूलो कुरा होइन र ? चाहेको कुरा पाउन को चाहँदैन र ?

उसलाई कहिले छाड्नुहुन्छ ?

म मेरो ब्वाइफ्रेन्ड हेन्डसम होस् भन्ने चाहन्छु, तर ऊ त्यति हेन्डसम छैन। जब हेन्डसमको कुरा सम्झन्छु, मलाई विवेकको सम्झना आउँछ।

विवेकलाई किन छाड्नु भयो नि ?

उसलाई मैले नै पकेट मनि दिनुपर्थ्यो । केटीलाई ब्वाइफ्रेन्डले खर्च गरोस् भन्ने लाग्दो रै'छ।

धनी केटासँग प्रेम गर्नुभएन ?

जस्ट वान एयर एगो.. बाई गड, त्यस्तो गाँटिस्ट केटा त मैले जीवनमै भेटेकी थिइनँ। उसलाई मैले यस्तो हर्ट्ली माया गरेछु कि ब्रेक-अप भएको चार दिनसम्म पनि उसको सम्झना आइरह्यो।

दुई-चार दिन रमाइलो गर्ने पार्टनरलाई तपाईं प्रेमी मान्नुहुन्छ ?

के हो त प्रेम भनेको ? प्रेममा रुन मन लाग्छ, एक्लै हाँस्न मन लाग्छ। उसको साथ पाउँ जस्तो लाग्छ। कहिलेकाहीँ आत्महत्या गरौं कि भन्ने पनि हुन्छ। अरूलाई पनि त्यस्तै हुन्छ, होइन र ?

प्रेम त एक जनासँग मात्र हुनुपर्छ, होइन र ?

क्या ओल्ड कुरा गर्नुहुन्छ यार तपाईं पनि। बजारमा यति धेरै ड्रेस छन्, तपाईं एउटै ड्रेस लगाएर जीवन बिताउँछु भन्नुहुन्छ, यार। तपाईं भन्नुहोला, एउटा ड्रेस लगाउनेचाहिँ राम्रो मान्छे, चेन्ज गरेर लगाउने मान्छेचाहिँ खराब ? नो म्यान, म जुनबेला जुन ड्रेस लगाउँछु, मन परेर लगाउँछु। मिलाएर लगाउँछु। उसलाई कहिल्यै हर्ट गर्दिनँ। प्रेम भनेको यस्तो पो हुन्छ नि।

अनि सेक्स नि ?

प्रेम गर्नेसँग सेक्स हुनसक्छ, तर सेक्स गर्नेसँग प्रेम हुन्छ भन्ने छैन।

प्रेम नभएको तर सेक्स भएको कुनै घटना छ ?

धेरै छ । अँ, एकपल्ट म पोखराबाट काठमाडौं आउँदै थिए, तर पैसा थिएन। माइक्रोबसको दाइलाई मैले आफ्नो समस्या सुनाएँ। उनले पैसा भएको बेला सम्झेर दिनु पो भनें। बाई गड, यस्तो मान्छे त मैले देखेकै थिइनँ। मैले उसको नम्बर लिएर घर आएँ। केही दिनपछि फोन गरेर उनलाई घरमा बोलाएँ, पैसा पनि दिएँ, सेक्सको अफर पनि राखें। त्यो प्रेम थिएन तर सेक्स भैरहेको थियो।
- कान्तिपुर साप्ताहिक

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>