Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विवाह गरेको एक महिनामै श्रीमान र देवरले गरे यौन दुर्व्यवहार

$
0
0
हेटौंडा, जेठ २३ – मकवानपुरको हेटौडा ८ कमानेकी एक महिलालाई श्रीमान र देवरले यौन दुर्व्यवहारको प्रयास गरेका छन् ।

कमानेकी २१ वर्षीया ती महिलालाई विवाह गरेको एक महीनामै घरमा कुटपिट गरी आफ्नै श्रीमान र देवरले दुर्व्यवहारको प्रयास गरेका हुन् ।

कमानेका सन्तोष अधिकारीले ती महिलासँग विवाह गरेका थिए । विवाह गरेको एक महिनामै सन्तोष र उनका भाइ सुमनले दुर्व्यवहार गरेका हुन् ।

पीडित महिला र उनको माइती पक्षले यौन दुर्व्यवहारको प्रयास गरेर पटक पटक कुटपिट गरेर ज्यान समेत लिने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरेका छन् । 

दाजुभाइ र काकी सासु मिलेर पीडित महिलालाई कुटपिट गर्ने दाजुभाइ मिलेर यौन दुर्व्यवहारको प्रयास गरेकाले प्रहरीमा उजुरी गरेको पीडितले बताएका छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>