Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विश्वकप फुटवल नजिकिँदै जाँदा ब्राजिलमा हडताल

$
0
0
२३ जेठ, काठमाडौं । विश्वकप फुटवल नजिकिँदै जाँदा साओपाउलोका सब वे कामदारले हड्ताल सुरु गरेका छन्। विश्वकप विरोधी प्रर्दशनका कारण आलोचना खेप्दै आएको ब्राजिलका लागि कामदारको यो हडताल ठूलो टाउको दुखाइको विषय बनेको छ।

साओपाउलो मेट्रो भनेको फुटबलको राजधानी मानिने साओपाउलोमा आवतजावत गर्ने मुख्य सवारी साधन हो। कामदारले खुला रुपमा हडताल घोषणा गरेपछि यसको प्रत्यक्ष असर विश्पकपमा पर्ने भएको छ।

साओपाउलोमै विश्वकपको उद्घाटन खेल पनि हुँदैछ। त्यसैले आयोजकका लागि यो हडताल ठूलै समस्या बनेको छ। सब वेका कामदार तलव र सुविधाका विषयमा हडतालमा उत्रिएका हुन् ।
- अन्नपूर्ण पोस्ट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>