Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जिम गरिरहेका ओबामाको भिडियो इन्टरनेटमा भाइरल, खिच्ने व्यक्तिको तीव्र खोजी (भिडियोसहित)

$
0
0
(एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाले कसरत गरिरहेको भिडियो इन्टरनेटमा भाइरल भएको छ । यो भिडियो क्लिप ओबामाको पोल्याण्ड टुरको दौरान शुट गरिएको भिडियो हो । त्यति बेला उनी वारसाको म्यारिट होटलमा जिम गरिरहेका थिए । कानमा हेडफोन लगाएका ओबामा कालो ट्रयाक सुटमा वेटलिफ्टिङ गरिरहेका देखिएका छन् । उनी आयरन पम्प गरिरहेका, स्टेप अप र शोल्डर प्रेस गरिरहेका भिडियोमा देखाइएको छ ।
पहिले यसको तस्बिरहरु पोल्याण्डको एक म्यागजिनमा छापिएको थियो त्यसपछि यो भिडियो अनलाइनमा फैलिएको छ । दुनियाँका सबैभन्दा सुरक्षित व्यक्तिको यसप्रकारले भिडियो लिइनु निकै गहन विषय भएको स्रोतले जनाइएको छ । अमेरिकाको सेक्योरिटी एक्सपर्ट यो भिडियो लिने व्यक्तिलाई खोजिरहेको छ । न्यूयोर्क डेली न्युजका अनुसार यो भिडियो सार्वजनिक भइसकेपछि अमेरिकी राष्ट्रपतिको सुरक्षामा अझ कडाई गरिएको छ ।
स्रोत : रातो पाती

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>