Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पतिसमेत लागेर सामूहिक बलात्कार

$
0
0
हेटौडा, जेष्ठ २४ - पाँच साताअघि दाम्पत्य जीवनमा बाँधिएकी एक महिला पतिकै संलग्नतामा सामूहिक रूपले बलात्कृत भएकी छन् । प्रहरीले सामूहिक बलात्कारको अभियोगमा पति सन्तोष र देवर सुमन उपाध्याय, मतियारको रूपमा तिनका काकी  भगवतीदेवीलाई पक्राउ गरेको छ ।
हेटौंडा ८ निवासी सन्तोषको स्थानीय २१ वषर्ीया युवतीसँग गएको वैशाख १ गते परम्परागत रूपले विवाह भएको हो । विवाहको भोलिपल्टैदेखि दाजुभाइ मिलेर लठ्याउने औषधि खुवाउँदै पालैपालो बलात्कार गर्दै आएको पीडितको  उजुरीमा उल्लेख छ । बलात्कारको पछिल्लो घटनामा आफूमाथि निर्घात कुटपिट भएको पनि उल्लेख छ । उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
पीडित महिलाका अनुसार जेठ १७ गते साँझ उनलाई ग्यास्टिकको औषधि भनेर तीन चक्की जबरजस्ती खुवाइयो । प्रतिकार गर्दागर्दै उपाध्याय दाजुभाइले कुटपिट गरी पालैपालो बलात्कार गरेको उनले बताएकी छन् । उनले उक्त  घटनापछि माइतीपक्षसमक्ष पीडा पोखेकी थिइन् । देवर सुमनले भाउजूसँग यौनसम्पर्क गरेको स्वीकारेका छन् । महिला अधिकारकर्मी माया लामाका अनुसार यौन व्यवसाय सञ्चालन गर्ने उद्देश्यले सन्तोषले युवतीलाई विवाह गरेको  देखिन्छ । काकी भगवतीदेवीले रक्सौलबाट भन्सार नतिरी सरसामान ल्याउने काममा लगाउन खोज्दा आफूले नमानेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । त्यसै कारण आफूमाथि ज्यादती गर्न काकीले भतिजाहरूलाई हौस्याएको  उनको भनाइ छ । बुहारीलाई यौनजन्य कार्यमा लगाएर भए पनि आफ्नो धन्दा गराउने भगवतीदेवीको अभिप्राय देखिएको पीडित पक्षको जिकिर छ ।
'तीनै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं,'प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले भने, 'ढुक्क हुनुहोस् अपराधीलाई कारबाही गरिन्छ ।' 
- कान्तिपुर 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>