Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सन्नी लियोनी भन्छिन्-’अब कहिल्यै अश्लील फिल्म खेल्दिँन’

$
0
0
अमेरिकी पोर्न स्टार सन्नी लियोनी बलिउड आगमनसँगै आफ्नो छवि बदल्न चाहन्छिन् । तर पनि दर्शक तथा मिडियाले उनको पोर्न छविलाई भुल्न सकेका छैनन् । यसैले पनि सन्नीलाई यस्ता कुराले धेरै नै हैरानी बनाएको छ ।

सन्नीले भनिन्, ‘म मेरो विगतलाई बदल्न सक्दिन । तर पनि दर्शकको सोचाई मेरो बारेमा बदलियोस् भन्ने बिषयमा म पूर्ण रुपमा लागिरहेको छु । म चाहन्न कि अब पोर्न स्टार भनेर कसैले चिनोस् ।’ तर उनले आफूलाई आफू माथि नै गर्व रहेको बताउँदै ‘जस्तो थिए उस्तै रुपमा रहन चाहन्छु’ समेत भनेकी छिन् ।

सन्नीले आफूले ‘बिग बोस’मा आएसँगै पोर्न फिल्म छोडेको भन्दै भनिन्, ‘अब यस्तो फिल्म कहिल्यै गर्दिन ।’ उनले आफ्ना पतिसँग सम्बन्ध बिगि्रएको खबरलाई गलत भनेकी छिन् । सन्नीले आफुले पतिलाई धेरै माया गर्ने बताउँदै भनिन्, ‘संसारले सुनोस्, म डेनियललाई कहिल्यै छोड्दिन ।’

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>