Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

लिप्स किससहित श्रीकृष्ण र स्वेताको रोमान्स(भिडियो)

$
0
0
चाडै नै विवाहा बन्धनमा बाँधिन लागेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रेमले भरिएको एक गीत सार्वजनिक गरिएको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो सिनेमाले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको छ । चलचित्रमा शम्भूजित बास्कोटाको संगीत छ ।
चलचित्रमा समावेश ‘के म तिम्रो हैन र’ ? बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वेता र श्रीकृष्णको रोमान्स हेर्न सकिन्छ । राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा, बनिष शाहको सम्पादन छ । चलचित्रको यो गीतमा अबिजित र साधना सरगमको स्वर छ ।
यस्तै चलचित्रको निर्माणपक्षले यसको ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरमा स्वेतालाई एक्सन भूमिकामा देख्न सकिनेछ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>