महेशपुर गमहरीया ४ का डिम्पलकुमारी सिंहलाई इटारी प्रशाहीका मोहित मण्डलले लगेको भन्दै माइती पक्षले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मिर्चैया घुर्मी चोकमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी पाँच प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । मोहित मण्डलले छोरीलाई अपहरण शैलीमा लिएर गएको भन्दै आफन्त लाठीसहित सडकमा उत्रिएका थिए । सिंहको परिवारले प्रहरीमा उजुरी समेत दिएका छन् । पाँच दिनअघि इलाका प्रहरी कार्यालय मिर्चैयामा तीन दिनभित्र केटा पक्षले केटीलाई आफन्तसँग भेट गराउने सहमति गरेको थियो । तर, सहमति पूरा नभएको भन्दै सिंहका आफन्तले शनिबार विहानै सडक अवरुद्ध पारेका हुन् । राजमार्ग खुलाउने क्रममा सात राउण्ड हवाइ फायर र १० राउण्ड आँशुग्याँस समेत हानेको छ । स्रोत : नेपाल मदर डट कम
↧