Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हेर्नुस् त थानेश्वर भाई कती डुबेर गाएका छन बहिनी मान्डबी सँगै !

$
0
0
नयाँ पिँढीका गायक भाई थानेस्वर गौतम जती म्रिदुभासी छन उनको गायन र साँगितिक गहिराइ पनि त्यत्तिकै उल्लेख्य र राम्रो रहेको मलाई अनुभुती भएको छ । पढे लेखेका, आँखामा राख्दा पनि नबिझाउने यि भाई लाई मैले अरु हजारौँ कलाकारहरुलाई जस्तो सहयोग गर्न सकेँ त्यती अबश्य गर्न सकेको छैन यद्यपी उनले नेपाल बाट म अमेरिकामा बाध्यता र बिबशताले परदेशी जिबन बिताएको एउटा परदेशीलाइ फोन गर्छन् सम्झिन्छन र आदर भाब प्रकट गर्छन् । जब मैले गीत लेख्छु, कबिता कोर्छु यिनले तत्कालै प्रतिकृया जनाउदै भन्छन "दाजु हजुर को गीत कबिता सँगै म रोएँ, मेरो मन छुन्छ । म तपाईंका गीत संगीत सँग सहयात्रा गर्न चाहन्छु हजुर सँग सँगै गीत गाउन पनि चाहन्छु ।"मैले धेरै गरेका, गाउँबाट टपक्क टिपेर नेपाल टिभी सम्म ल्याएका, राष्ट्रिय कलाकार बनाएका, अहिले नेपाल मा मात्र होइन बिदेशमा पनि गरिखान सक्षम भएका थुप्रै भाई बहिनी हरुले जस्तै यिनले पनि म प्रती आदर भाब प्रकट गरेको देख्दा मैले आखिर केनै गरेको छु र जस्तो पनि लाग्छ यद्यपी भाई थानेश्वर गौतमलाई मैले उनको इच्छा बमोजिम गायन र संगीत मा सहयात्राको लागि हुन्छ भनेर आश्वाशन पनि दिएको छु । यि भाईले मेरा केही गीत हरुमा संगीत गर्छु पनि भनेका छन । यिनका गजल, गीत र संगीत सँगै यिनको साँगितिक उचाइ बढीरहोस् मेरो शुभकामना । यिनको यो गीत पनि मन छुने किसिमको रहेछ । पूर्व मेची देखी पश्चिम महाकाली सम्मका हरेक भाखा, गीत, संगीत मन पर्ने यो लाहुरे लाई यो गीत पनि मन नपरोस किन ! हेर्नुस् त थानेश्वर भाई कती डुबेर गाएका छन बहिनी मान्डबी सँगै ! - रामप्रसाद खनाल

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>