Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ईराकमा ब्यापक नरसंहारको आशंका, सयौं सैनिकको हत्या गरिएका दृश्य सार्वजनिक

$
0
0
काठमाडौं, आषाढ २ । ईराकको मोसुल र टिक्रिटलगायतका शहरहरु नियन्त्रणमा लिएका उग्रबादी सुन्नी लडाकुहरुले सयौ सरकारी सुरक्षाकर्मीको आमहत्या गरेको हुनसक्ने अन्र्तरािष्ट्रय संचार माध्यमहरुले जनाएका छन् ।
बीबीसीले दिएको समाचार अनुसार सयौ इराकी सैनिकहरुलाई लडाकुहरुले अज्ञात स्थानमा पुर्‍याई हत्या गरेका भिडियो र तस्बीरहरु सार्वजनिक भएका छन् । द स्लामिक स्टेट अफ ईराक एण्ड लिभेन्ट आईएआईएस समूहले सार्वजनिक गरेका भिडियोहरु आङै जिरिङ पार्ने खालका छन् ।
भिडियोमा सयौ सुरक्षाकर्मीहरुले आफुहरुले आत्मसमर्पण गरेको भन्दै कराईरहेको आबाज सुन्न सकिन्छ । बेभसाईटहरुमा सार्वजनिक गरिएका तस्बीरहरुमा सुन्नी लडाकुहरुले सैनिक जवानहरुलाई ताकी ताकी गोली हानिएका र मारिएपछि गाडीमा हाली गोप्य स्थानतर्फ लगिएका देखाईएको छ । इराकी सेनाका प्रबक्ताले सार्वजनिक भएका तस्बीरहरु आधिकारिक भएका जनाएका छन् तर यस्को स्वतन्त्र पुष्टि हुन सकेको छैन् । आईइसआईएस समूहले मोसुल र टिक्रिट शहर कब्जा गरेपछि लाखौ जनता विस्थापित भएका छन् ।
राजधानी बग्दादतर्फ सुन्नी लडाकुहरु अगाडि बढिरहेको खबर आईरहदा अमेरिकाले बग्दादस्थित आफ्नो दुताबासमा सुरक्षा कडा बनाउंदै केही कर्मचारीहरुलाई सुरक्षित स्थानतर्फ पठाईसकेको जनाईएको छ ।
सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरी सद्धाम हुसेनलाई मारेपछि भएको यो सबैभन्दा ठूलो हिंसा हो । त्यतिखेर सद्धाम सरकारको पतन गराउन अमेरिका र उस्का सहयोगी राष्ट्रहरुले जथाभावी विद्रोहीहरुलाई बांडेका हतियार नै यतिखेर सुन्नी विद्रोहीहरुले दुरुपयोग गरी पुरै इराकलाई नियन्त्रणमा लिने हैसियतमा पुगेका हुनसक्ने आंकलन गरिएको छ । - स्रोत : इमेज खबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>