Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

श्रीमान खाडीमा, श्रीमती मस्ती गर्दै शिशु मार्दै

$
0
0
बागलुङ । आफ्नै शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ खुंखानी–५ की यामकुमारी विकलाई पक्राउ गरेको छ ।
परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पक्रिएको हो । विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु जन्मिएको स्वीकार गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् । विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् । नागरिक दैनिकमा समाचार छ । स्रोत : नेपाल संदेश

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>