मुम्बई : बलिउड अभिनेता सलमान खानले धेरै अभिनेत्रीलाई चलचित्रमा सफलता चखाएका छन्। करिअरको प्रारम्भिक अवस्थामा सलमानको साथ पाएका धेरै अभिनेत्रीले सफलता चुमेका छन्। अहिले ज्याकलिन फर्नान्डिस सलमानको साथ उत्साहित भएकी छन्। सलमान र ज्याकलिन अभिनित चलचित्र चलचित्र 'किक'को ट्रेलर हालै सार्वजनिक भएको छ।
सलमान खानले आफू जिनत अमानको ठूलो फ्यान भएको बताउदै 'ज्याकलिनले जिनतजत्तिकै उचाइ लिन सक्ने क्षमता र सम्भावना छ'भनेर उनको प्रशंसा गरेपछि उनी अझै फुरुङ भएकी छन्।
साजिद नाडियाडवाको निर्माण र निर्देशनमा बनेको यस चलचित्रमा सलमान र ज्याकलिनका साथै रणदीप हुड्डा, नावाजुद्दिन सिद्दिकी, मिथुन चक्रवर्तीको पनि भूमिका छ। चलचित्र इदको अवसर पारेर आगामी जुलाईमा प्रदर्शन गरिने बताइएको छ। पछिल्लो समय सलमानका चलचित्र गहकिला विषयवस्तु नभए पनि हिट हुने गरेका छन्। चलचित्र किकले सफलतामा ज्याकलिनको करियर जोडिएको समिक्षकको भनाई छ। यो कुरा बुझेकी ज्यालिन पनि चलचित्रको प्रचारमा जोडतोडका सात लागेकी छन्। -एजेन्सी
source : annapurnpost