Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

रक्सी पिउने प्रतियोगितामा युवकको ज्यान गयो

$
0
0
असार ११, कालीकोट: कस्ले बढी मदिरा पिउन सक्छ भनी प्रतिस्पर्धा गरेर मदिरा पिउँदा कालीकोट रास्कोटका एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा स्युना गाउँ विकास समिति– ५ निवासी २६ वर्षीय टङ्क शाही रहेका छन् ।

गएराति स्युनाको स्थानीय पसलमा दुई जनाबीच कसले बढी रक्सी पिउन सक्छ भनी प्रतिस्पर्धा चल्दा बिना पानी ६ वटा साेंफी खाएर घर गएका शाहीको राति नै ज्यान गएको बताइएको छ ।

स्थानीयवासी वषराज शाहीका अनुसार मृतक शाहीका दुई छोराछोरी छन् । पछिल्लो समयमा कालीकोट जिल्लामा मदिराको कारोबार खुल्ला भएका कारण जथाभावी प्रयोग हुने भएकाले ग्रामीण क्षेत्रमा झै झगडाका साथै हिंसात्मक गतिविधि बढ्दै गएको बताइएको छ ।

संविधानसभा निर्वाचन ताका कडाइ गरिएको भए पनि पछिल्लो समयमा मदिरा बेचबिखनमा कडाइ नहुँदा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको हो । स्थानीय रेशमा शाही मदिराको खुल्लमखुल्ला बिक्री वितरण रोकथामका लागि समयमै सोच्नुपर्ने बेला आएको बताउँ‌छन् । - रासस

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>