Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मोस्ट वान्टेड ‘बाहुन डन’ लखनउमा पक्राउ

$
0
0
११ असार, काठमाडाैँ । मोस्ट वान्टेड ‘बाहुन डन’ भारतीय विधायकको घरबाट पक्राउ परेका छन् । लगातार ६ महिना पिछा गरेपछि नेपाल प्रहरीले भारत उत्तर प्रदेशका समाजवादी पार्टीका विधायकको लखनउस्थित घरबाट बाहुनलाई पक्राउ गरेको हो ।

 रमेश बाहुन भनिने सुजन पौडेललाई उत्तरप्रदेशको सत्तारुढ समाजवादी पार्टीका विधायक विनायक सिंहको घरबाटै पक्राउ गरिएको उच्च प्रहरीले स्रोतले बतायो ।

 बाहुनसँगै उनका सहयोगी दुर्गे भनिने दुर्गा राईसमेत पक्राउ परेका छन् । ४ माघमा ललितपुरका मीनकृष्ण महर्जनमाथि गोली हान्ने घटनामा बाहुनलाई राईले सहयोग गरेका थिए । त्यस यता दुबै जना लुक्दै आएका थिए । बाहुन विरुद्द अदालतमा आधा दर्जन मुद्दा छन् ।

 लागुऔषध, ज्यान मार्ने उद्योग जर्वजस्ती असुलीजस्ता मुद्दा रहेको प्रहरी अधिकारी बताउँछन् । जसमध्ये लागुऔधष मुद्दा सबैभन्दा बलियो छ । उनका दुई सहयोगी दुई वर्षअघि ब्राउनसुगरसहित पक्राउ परेका थिए । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>