Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पतिसँग डिभोर्स भइसकेको अञ्जु पन्तको जोडी मिलाउने को?

$
0
0
काठमाडौं। सुगम संगीतकी चर्चित गायिका अन्जु पन्त र गायक मनोज राजको दाम्पत्य जीवन सफल हुन सकेन। केहि बर्षको दाम्पत्य जीवनलाई उनीहरुले टिकाउन सकेनन। खुसीसाथ शुरु भएको दाम्पत्य जीवन टुङगियो। डिभोर्स गरे। उनीहरुको दाम्पत्य जीवन मनोजले गाएको गीत झैं ‘पानीको फोकाजस्तै’ भयो। तर यो पानीको फोकाजस्तै भएको दाम्पत्य जीवनमा फेरि आशा जगाएको छ सांगितिक माहोलले। एकले अर्काको बारेमा कटु टिप्पणी गर्न पछि नपरेका उनीहरुको सांगितिक जीवन त्यसयता खासै जम्न सकेन। अञ्जुको क्रेज पनि खस्कदै गयो। संगीतका पारखीहरुले पनि उनीहरुको सिर्जना सुन्न नपाउँदा खल्लो महशुस गरिरहेका थिए। यहि बीचमा त्यो जोडीलाई फेरि सांगितिक रुपमै जुटाउने काम गरेका छन बैङकर तथा गीतकार गोविन्दप्रसाद उपाध्यायले।
उपाध्यायको एक गीतमा हालै अन्जु र मनोजले स्वर दिएका छन्। हुन पनि उनीहरुको कथा नै होकी भन्ने गरि उपाध्यायले गीत तयार गरेका छन्। उही सुमधुर शैलीमा पूर्व पती पत्नी गायक र गायिका अञ्जु मनोजले सो गीतलाई न्याय गरेका छन्। उपाध्यायले अन्जु मार्फत सोधेका छन कस्तो माया लाइयो हजूर उस्तै पिडित भएका अञ्जुका पति मनोज मार्फत उपाध्यायले नै दुखेको गरेका छन आँसु मात्र पाइयो हजूर चोट मात्रै खाइयो हजूर।
गीतकार गोविन्द प्रसाद उपाध्याय
गीतकार गोविन्दप्रसाद उपाध्यायको नयाँ एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरै पछि अन्जु र मनोजले एक साथ गाएका हुन्। हरि लम्सालको संगीत र किरण कँडेलको एरेन्जमा तयार भएको यो गीत सोमबारबाट एफएममा प्रशारण शुरु भएको छ।
अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुट्नु हुन्न भनेर योजनाबद्ध रुपमा आफूले गीत तयार गरेर उनीहरुलाई गाउन लगाएको उपाध्यायले बताउनुभयो। पहिलो एल्बम सत्यताको अपार सफलताबाट हौसिएका गितकार गोविन्दको दोश्रो एल्बम सत्यता २का लागि अञ्जु र मनोजले गाएका हुन। सत्यता २मा उनले सात वटा गीत समावेश गरेका छन्।
राजधानीको हात्तिसारस्थित एपेक्स डेभलपमेन्ट बैंकका सिइओ उपाध्यायको पहिलो एल्बम सत्यताले तीन पटक ‘एल्बम अफ द इयर’को पुरस्कार पाइसकेको छ। ब्लु डाइमण्ड स्टार एफ. एम. अवार्ड, योङ माइन्ड इन्टरटेनमेन्ट अवार्ड र म्युजिक खबर डटकम अवार्ड गरी तिनपटक ‘बेस्ट एल्बम अफ द इयर’ पुरस्कार जितेको हो। स्रोत : हाम्रा कुरा

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>