
शान्ति नेपाली समाज र लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ८० भन्दा बढी मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गरिएको छ।
शंकर भण्डारी - बेलायतको बिर्मिन्घम शहरमा मिति २२ जून २०१४ को दिन शान्ति नेपाली समाज र लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ८० भन्दा बढी मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गरिएको छ ।विशेष गरि लन्डन दूतावास सम्म आउन असहज हुने वृद्धवृद्धा अनि केटाकेटीलाई प्राथमिकता दिइएको थियो । प्रति फाराम एकसय दश पाउण्ड दरले संकलन गरिएको थियो ।
सेवाग्राहीहरुले शान्ति नेपाली समाजले राम्रो काम को लागि सहकार्य गरि अघि बढेको र यस भन्दा पहिले पनी समाजले धेरै सामाजसेवी कामहरु गरेको मा खुशी ब्यक्त गरेका थिए । आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले गर्दा सबैले छिटोभन्दा छिटो राहदानी नविकरण गर्नको लागि शान्ति नेपाली समाजले जानकारी गराईरहेको छ

