Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

रिहानाले भनिन्, मलाई आगो लगाउने मेरो पति कहिले पक्राउ पर्छ ?

$
0
0
बाँके, १५ असार । ४० दिन लामो उपचारपछि नयाँ जीवन पाएर माइती घर फर्किएकी रिहाना सेख ढपालीलाई भेट्न र हेर्न आउनेहरुको घुइँचो नै लाग्न थालेको छ । मृत्युको हातबाट जिन्दगी खोसेर फर्किएकी गाउँकी चेलीलाई भेट्न र हेर्न आउनेहरु दिनदिनै बढ्दै गएका छन् ।

उनलाई भेट्न आउने र हेर्न आउनेमा गाउँका छरछिमेकी मात्र नभई टाढाटाढाका आफन्तसमेत छन् ।

रिहानालाई हेरेर सवैका आँखा रसाउने गर्छन । कोही कोही त आफूलाई रोक्न नसकेर ठूलै स्वरमा रुन थाल्छन् । यो क्रम हिरमिनिया-८ अहिरपुर्वास्थित उनको माइती घरमा गत तीनदिन देखि निरन्तर चलिरहेको छ । ४० दिन काठमाडौँको वीर अस्पतालमा उपचार गराएर दुई साताका लागि रिहाना बिहीवार मात्र घर फर्किएकी हुन् ।

खुट्टाको शल्यक्रिया बाँकी रहेकाले उनी फेरि दुईसातापछि पुनः काठमाडौ जानेछिन् । मोटरसाइकल दाइजो नल्याएको निहुँमा गत चैत ३ गते पति फरिद शेष र सासूससुराले उनलाई लक्ष्मणपुर ८ गंगापुरस्थित घरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । चैत ३ गते रातिको घटना अझै उनाको मनमा ताजै छ । उनले भनिन्,'मेरो पति फरिद सेखले दुवै हात बाँधेर जिउभरी पेटीले हिर्काउँदै गुप्ताङगमा चुरोटले पोलेका थिए । राति ११ बजेतिर सासूले पछाडिबाट आएर मेरो जिउमा मट्टीतेल खन्याइन् ।

कुरा बुझ्नै नपाउँदा एक्कासी पतिले सलाई कोरेर आगो लगाए, गुहारसम्म माग्न नभ्याउँदै मेरो जिउमा आगो सल्कियो । शरिरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै थुनेर राखियो । उपचारको बहानामा भारत बहराइज लगेर घटना गुपचुप राख्ने प्रयास गरियो तर छोरी बिरामी भएको खबर पाएपछि रिहानाका पिता मोहम्मद समिम सेखले बहारइच पुगेर छोरीलाई नेपालगञ्ज ल्याएर भेरी अञ्चल अस्पतालमा भर्ना गरे ।

जिउँदै जलाउँदा सात महिनाकी गर्भवती रिहानाले नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा शिशु जन्माइन् तर शिशुको केही समयमै मृत्यु भएको थियो । उनको अवस्था गम्भीर बन्दै गएपछि काठमाडौँ लगेर उपचार गरिएको हो । आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>