काठमाडौ, असार १९- नेकपा एमालेको आज शुरु भएको नवौँ महाधिवेशन उद्घाटन स्थल भृकटीमण्डप कार्यक्रम हुनु पुर्व नै तनावग्रस्त बनेको छ । काठमाडौको भृकुटिमण्डपमा शुरु हुन लागेको उद्घाटन कार्र्र्यक्रममा भित्र पस्न नपाइएको भन्दै केही अराजक केटाहरुले पार्टीको स्वागत द्धार र झण्डा समेत जलाएका छन् । यसअघि कार्यक्रममा छिर्न नपाएको भन्दै हाम्रो लेबी फिर्ता ले भन्दै एमालेका कार्यकर्ताहरुले भद्र विरोध प्रदर्शन समेत गरेका थिए । तर केही छिनको प्रदर्शनपछि माहौल अराजक बनेको थियो । आफुलाई राजेश बताउने एक युवा रमाइलो मान्दै पार्टीको झण्डा आगोमा झोस्दै थिए । राष्टिय सभा गृह अगाडी बनाएको स्वागत द्धार भत्काएर आवारा केटाहरुले रडहरु भाँचेर हातहातमा लिएर प्रदर्शन गरेका थिए । ‘यो गलत भयो’ भोजपुरबाट महाधिवेशन हेर्न मात्र भनेर आएका एमाले कार्यकर्ता शम्सेर राईले भने, ‘खुला सत्र समेत हामीले हेर्न पाएनौँ । त्यही भएर विरोध गरेका हौँ । तर, यही मौकामा हाम्रो पार्टीको झण्डा समेत जलाउने काम भयो । यो झन गलत भयो ।’ ![]()
![]()


एमाले महाधिवेशनको उद्घाटनमा ‘रोबोट’देखि तोडफोडसम्म (भिडियोसहित)