न्यूर्योक । बुधबार अमेरिकाको केन्सासमा भएको कार दुर्घटनामा परी एक नेपाली चेलीको मृत्यु भएको छ । कार दुर्घटनामा परी नेपाल झापा घरभइ अमेरिकाको केन्सास बस्दै आएकी २५ वर्षीया उर्मिला शर्माको ज्यान गएको हो । बुधबार अपहान्ह शर्मा आफैले हाँकेको कार दुर्घटनामा परेको थियो । दुर्घटनापश्चात कार सडकमै क्षत विक्षत भएको थियो भने उनको घटनास्थलमानै मृत्यु भएको बताइएको छ ।
source : nepalsandesh
