Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

वेबसाईटमा छान्नुस् आफ्नो अनुकूल हुने ब्वाईफ्रेन्ड !

$
0
0
एजेन्सी । चीनको ताओबाओ वेबसाइट अनलाइन व्यापार गर्ने संसारको सबै भन्दा ठूलो वेबसाइट मध्ये एक हो । ताओबाओ वेबसाइटमा संसारको प्राय सबै  सामान पाउन सकिन्छ  । यी मध्ये ड्रोन  र ब्वायफ्रेन्डको खरिदका लागि ग्राहकहरुको ट्राफिक अत्यन्त उच्च रहेको छ ।

ड्रोन

ड्रोन सबैभन्दा प्रख्यात सामानहरुको  चीमा पहिलो स्थानमा पर्छ ।  वेबसाइटमा बिक्रीको लागि राखिएको ड्रोन  मानिसहरुबीच चर्चाको बिषय रहेको छ । सिरियाली विद्रोहिले युद्धको क्रममा सरकारद्वारा प्रयोग गरिएको ड्रोन लाई युद्ध स्थलमा झारेका  थिए । ड्रोन ताओबाओलाई एक चीनियाँ कम्पनीले उपलब्ध गराउदै आएको छ । ड्रोन  एक रिमोट कन्ट्रोल फ्लाइंग डिवाइस हो  जसमा  क्यामरा लगाईएको हुन्छ।

सीरियालि विद्रोहि द्वारा गिराएको क्वादकप्टर लाई टीमल स्टोर मा ४९९९ युआन मुल्यमा बेचिएको थियो । टीमलको तथ्याङ्क अनुसार ‘डीजेआई फेटम २ क्वादकप्टर’ को ८० प्रति आइटम धमाधम बिक्रि भएको छ ।

भाडामा ब्वायफ्रेन्ड

ताओबाओ डट कमको दोस्रो अनौठो बस्तु हो, भाडामा ब्वायफ्रेन्ड । पश्चिम देशहरमा क्रिसमस जस्तै चीन को क्यालेन्डर अनुसार नया बर्ष आगामी महिनामा सुरु हुदैछ । नयाँ बर्ष को अवसरमा चीनिया परिवार र नाता- गोताहरु एक आपसमा मिलेर पार्टी मनाउने गर्दछन् । तर यस मौकामा एकल युवक र युवतिहरुलाई आफ्नो परिवारवाट के तिमले कोहि ब्वायफ्रेन्ड पायौ ? जस्ता लज्जित हुने प्रश्नको सामना गर्नु पर्दछ ।

यसैले चीनको नव वर्षको ठीक पहिले ताओबाओ डट कमले धेरै संख्यामा भाडाका ब्वायफ्रेन्ड को सूची जारी गरेको छ । भडाका बाईफ्रेन्डको उपलब्ध गराउने कम्पनीले यसको बापत लिइने पैसाको सूची पनि जारी गरेको छ । यदि अर्को शहरमा परिवारवाला वा आफन्त सँग भेट्न जानु परेमा भाडामा ब्वायफ्रेन्डहरुले प्रतिदिन ८८० युआन लिने गर्दछन् भने भाडामा ब्वायफ्रेन्ड चाहिएमा प्रति घन्टा १५० युआन तिरेमा पाउन सकिनेछ । यदि तपाईको सेक्स गर्न चाहनु भएमा प्रति २० मिनटको ५० युआन तिर्नुपर्ने ताओबाओ डट कमले जनाएको छ  ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>