Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आफ्नोमा मत बढाउन गगनले लिए घैंटेको साहारा

$
0
0
काठमाण्डु, ४ मंसिर– काठमाण्डु क्षेत्र नं ४ का काँग्रेस उम्मेदवार गगन थापाले मतदान केन्द्रमा गुण्डागर्दीमा कुख्याती कमाएका डनहरु परिचालन गरेको खुलेको छ । उनले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताकाबीचमा डनहरुको उपस्थिति गराएका हुन् । स्वच्छ राजनीतिको कुरा गरिरहने गगन थापाले देशकै ठूलो मतदान केन्द्र काठमाण्डु–४ को कपनस्थित बालउद्धार माविस्थित मतदान केन्द्र डनका रुपमा चिनिने कुख्यात गुण्डा कुमार घैंटेलाई परिचालन गरेका छन् । मतदान स्थालमा मतदाताहरुलाई डर, त्रास फैलाएर मतदानमा प्रभाव पार्न उनले डनहरु परिचालन गरेको मतदाताहरुले आरोप लगाएका छन् । आयपरेको समयमा बुथमा शक्ति प्रदर्शन गर्न पनि गगनले डनका साहारा लिइरहेको समाचार केही दिनअघि पनि आएको थियो । त्यस्तै उनले मोन अवधिको समय सोमबार इमेल र एसएमएसबाट भोट मागेर निर्वाचन आचासंहिताको उल्लंघन पनि गरेका थिए । गगनले डन लिएर मतदान केन्द्रमा आएको भन्ने खबर पाउनासाथ एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन, पासाङ तत्काल सो मतदान केन्द्र पुगेका छन् । काँग्रेस उम्मेदवार भने सोही मतदान केन्द्रमा घैंटेका साथ नै बसिरहेका छन् ।
source : kathmandutoday.com
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>