Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपाली राजनीतिका रहस्यमय पात्रले भने – अब काठमान्डू आइन्न

$
0
0
९ मंसिर,काठमाडौ। नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले नेपाली राजनीतिका रहस्यमयपात्र हुन । उनलाइ धेरै माओवादीका कार्यकर्ताले अर्को प्रचण्डको रुपमा विश्लेषण पनि गर्ने गरेका छन । हिजो उनले चितवनमा केही पत्रकारसंग कुरा गर्दै उनले अव काठमाडौं नआउने स्पष्ट शब्दमा बोलेपछी यसो अर्थका बारेमा अनेक चर्चा र सनसनी फैलिएको छ । चितवनमा अनौपचारिक कुरा गर्दै चन्दले केही पत्रकारलाई भनेका थिए‍-अब काठमाडौं आइन्न। हिजो चितवनमा रहेका चन्द आज कहाँ छन् त्यो भने थाहा भएको छैन्। नेपालमा अझैं जनयुद्धको संभावना भएको बताउने चन्दको बोलीले राजनीतिमा विशेष अर्थ राख्दछ। प्रचण्डहरुले हार्नु अनिवार्य भएको बताएका चन्द केही न केही गर्दैछन् भन्ने गाइँगुइँ छ। संविधानसभाको चुनावमा एमाओवादीको लज्जाजनक हार र दुइ पार्टीको संभावित एकिकरणका बारेमा चर्चा चलिरहँदा चन्दले के भन्न खोजेको भन्ने कुराले धेरैको टाउको घूमेको छ। उनले बोलेका कुराको सांकेतिक अर्थ खोजिएको छ। उनले यतिकै लहडमा बोलेका हुन् वा नियोजितरुपमै बोलेका हुन् त्यो पनि थाहा हुन सकेको छैन्। नेकपा-माओवादीका केही नेतासंग सोध्दा पनि स्पष्ट जवाफ आउन सकेन।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>