Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यौन जिज्ञासा र समाधान ! एक पटक पढ्नु पर्ने पाठ

$
0
0
जिज्ञासा
म २२ वर्षीय युवक हुुँ । यौन सम्पर्क गर्दा ५–६ पटक मात्र घर्षण गर्न सक्छु । त्यसपछि लिङ्ग शिथिल भैहाल्छ । मेरो विवाह भएको ६ महिना भयो । यो कस्तो खालको समस्या हो ? मेरो उमेरले गर्दा यस्तो भएको हो कि यो कुनै रोग हो ? म महिनामा २ वा ३ पटक यौन सम्पर्क गर्छु ।

समाधान
लिङ्ग कसरी उत्तेजित हुन्छ ?
हामीले इन्द्रियहरुबाट सन्देश थ्रहण गर्छाै अनि उक्त सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ र चेतनरुपमा हामीले त्यसलाई अनुभव गर्छौ । यौनसम्बन्धी कुरा पनि यसैगरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छन् । विभिन्न अङ्ग (स्रोत) बाट विभिन्न थरीका सन्देश स्नायुप्रणालीका नसाहरुबाट विधुतीय तरंग वा रसायनहरुको माध्यमबाट मस्तिष्कसम्म पुग्छन र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौ । 

यौनउत्तेजना हुने किसिमका सन्देश प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुरा फरक फरक हुन सक्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरुबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ ।

चाहिएको बेला किन उत्तेजित नभएको होला ?
चाहिएको बेला चाहेजस्तो लिङ्ग उत्तेजित नभई यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुने वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई इम्पोटेन्स वा इरेकटाइल डाइसफक्सन भनिन्छ ।

लिङ्ग राम्रोसँग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रुपमा प्रभाव पर्ने कुनै पनि स्थिती लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या सिर्जना सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारको क्रममा खाइने कतिपय औषधि पनि त्यसका कारण हुन सक्छन । पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिहरुले पनि त्यस्तो गराउन सक्छ । साह्रै थकाई लागेकाले होस वा अधिक मादक पदार्थ सेवन गरेको अवस्थामा होस् लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुनसक्छ । तपाईले त्यस्तो कुनै प्रसंग उल्लेख नगर्नुभएकोले तपाईको सन्दर्भमा यस्तो केही भएजस्तो लाग्दैन तर तपाई नै त्यसका बारेमा जानकार हुुनसक्छ ।

तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमतासम्बन्धी चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौन जोडिसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोगजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन ।

अनपेक्षित रुपमा लिङ्ग उत्तेजित नहुदा निकै चासो तथा चिन्ता हुन्छ , त्यसमा पनि नवविवाहित जीवनमा । यस्तो बेला मनभित्र आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब हुनसक्छ । त्यस्तो भए तपाईको समस्या अझ चर्काे हुनसक्छ । यस्तो स्थितिलाई पर्फाेमेन्स एनसीइटी भनिन्छ । मुख्य कुरा त तनाव, चिन्ता वा भयलाई कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यतर्फ लाग्नुपर्छ । तपाईले आफनी श्रीमतीसँग कत्तिको कुराकानी गर्नुभएको छ, जानकारी भएन, तर यौनसाथीसँग लिङ्ग उत्तेजित हुने गरी यौनसम्पर्क रहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुबै ले आफनै समस्या हो भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न सकिन्छ । समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान र त्यसै अनुसार उपचार गर्न सकियोस ।

उमेरको कारणले होइन ?
तपाई युवा अवस्थामै हुनुहुन्छ र यो उमेरका सामान्यतः यौन व्यग्रता उच्च हुन्छ चालिस पार गरेपछि मात्र कमी आयो भने त्यसलाई उमेरका कारण भन्नु मनासिव होला । भर्खरै विवाह गरेका व्यक्तिले दैनिक रुपमै यौन सम्पर्क राख्छन र केहि वर्षपछि साताको दुई वा तीन पटक । यहाँ तपाईले आफनो उमेरलाई दोष दिन ठीक हुदैन ।

समाधान के होला ?
परफोमेन्स एनसीइटी अर्थात कार्य सम्पादनको चिन्ताले धेरै कुरा विगार्न सक्छ , जब कुनै कार्य ठीक तरिकाले हुदैन कि भनेर चिन्ता गर्न थालिन्छ र विस्तारै उक्त चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापबाट परहेज गर्छन अनि आत्मसम्मान घट्न थाल्छ र सम्बन्धमा समस्या आउन थाल्छ । 

यही विषयमा सधै चिन्ता गरिरहदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहदा यौन कार्य सम्पादनमा सुधार आउदैन । मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनु पर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनु पर्छ । कहिलेकाही औषधि सेवन गर्नुपर्ने हुन्छ । कतिपयले यसमा हिप्नोसिसले पनि मद्धत गर्ने कुरा गरेका छन् ।

महत्वपुर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रणय सम्बन्धमा समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई रमाइलो बनाउन के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यस आफनी यौनसाथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपुर्ण हुन्छ । श्रीमती अर्थात यौन साथीको समझदारीपुर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्धत मिल्छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>