Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

राजेश हमालको नाटकलाई तीन दिनमा लाख

$
0
0
यस्तो लाग्छ, राजेश हमाल नाटकका पनि महानायक बन्ने म्याराथनमा बुर्कुर्सी मार्दै छन् । जुन कुरा उनले हालैको एक चिसो साँझ मेरोसिनेमासँग संक्षिप्त बाँडे ।
पहिलो नाटक 'कोर्ट मार्सल'बाट गजबको प्रतिक्रिया मिलेपछि हमालले नाटक अभिनयको शिशु करियरलाई अघि बढाउने भएका छन् । भन्छन्, ‘अब राम्रो टीम र राम्रो स्क्रिप्ट छ भने रंगमंचको करियरलाई पनि अघि बढाउँछु ।’

शुक्रबारदेखि सहरमा हमाल अभिनित नाटकको मंचन सुरु भएको छ । नाटकका नयाँ पाहुना हमाललाई हेर्नैका लागि पनि दर्शकीय धुइरो बढेकै छ । जुन धुइरो तीनताक सिनेमा घरमा उर्लन्थ्यो ।

२५ वर्ष लामो सिनेमा करियरमा नपाएको आत्मीयता नाटकले दिलाएको उनले बताए । ‘नाटकले ममा अनुशासनको विकास पनि गराएको छ । नाटकमा काम गर्दा यस्तो आत्मीयता महसुस गरेको छु जुन २५ वर्ष लामो फिल्ममा पनि पाएको थिइँन’ उनले भने ।

अनुप बराल निर्देशित उक्त नाटकमा हमाल सैनिक न्यायाधीशको भूमिकामा छन् । उनको बोल्ड डायलग, इनर्जिटिक अभिनय रंगमंचमा लाइभ महसुस गर्न सकिन्छ कुनै सम्पादन र कैंची बिना । हमालको प्रभाव नाटकको आम्दानीमा पनि परेको छ ।

निर्देशक बरालका अनुसार हमालको नाटकबाट तीन दिनमा झन्डै १ लाख रुपैयाँ आम्दानी भएको छ । सहरमा फिल्मले आम्दानी गर्न नसकिरहेको बेला नाटकको आम्दानी आफैमा महत्वपूर्ण हो ।
स्रोत : मेरो सिनेमा 
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>