Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपाल ट्वान्टी-२० विश्वकपको नजिक I

$
0
0
काठमाण्डौ, मंसीर ०९ । नेपाल आगामी वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेट नजिक पुगेको छ । अफगानिस्तानले केन्यालाई पराजित गर्नुका साथै डेनमार्कलाई पराजित गरेको स्कटल्याण्ड रन रेटमा परेपछि नेपाल समूहको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
अब नेपालले समूह एको दोस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ, जसमा जित हात पारे २०१४ मा बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछ । पराजित भएमा प्ले अफबाट विजेता भएर आउने टोलीसँग खेल्ने मौका पाउनेछ, त्यसमा जित हात पारे नेपाल ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।
आइतबार केन्यालाई ३४ रनले पराजित गरेको अफगानिस्तान समूह बीको विजेता बन्दै विश्वकपका लागि छनोट भयो । पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको अफगानिस्तानले केन्यालाई १० बल बाँकी छँदा १ सय १४ रनमा अल आउट गरेको थियो । यसअघि स्टकल्याण्डले डेनमार्कलाई ७५ रनले पराजित गरेपनि रन रेटमा नेपालभन्दा पछि रहृयो ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>