Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपाली लोकसंगीतलाई बेलायतमा धेरै माया गरेको पाएँ !

$
0
0

- पूर्ण गुरुङ, अर्मजा फिल्मस् युके, असार २०७१ ! पुख्र्यौली घर अर्घाखाची चिडिका गाविस वडा नं. ३, हाल बेलायतको अल्डरसटस्थित निरमाया गामबेशी दोहोरी साँझमा लोकदोहोरी गायिकाको रुपमा कार्यरत कल्पना श्रीपालले बेलायतमा नेपाली लोकसंगीतलाई धेरै माया गरेको पाएको बताइन् । बाल्यकालदेखि नै गाउघर र विद्यालयमा हुने विभिन्न कार्यक्रमहरु र स्थानीयतहको दोहोरी प्रतियोगिताहरुमा भाग लिँदै आएकी श्रीपाल व्यवसायिक रुपमा २०६७ सालदेखि दोहोरी गाउन थालेकी हुन् ।
काठमाडौंमा अध्ययन सँगसँगै सांगीतिक यात्रा सुरु गरेकी श्रीपालले संगीत विषयमा स्नातक गरेकी छिन् । आप्नै स्वर र शब्द रचनामा ४ वटा गीति एल्बम श्रोता तथा दर्शकमाँझ प्रस्तुत गरिसकेकी श्रीपालले विभिन्न भाकाका करिब २० वटा गीत गाइसकेकी छिन् । उनको मिहेनत, अनुभव र इमान्दारिताकै कारण निरमाया रोधीं घर बेलायतले एक वर्षका लागि आमन्त्रण गरेका हुन् । विभिन्न लोकदोहोरी, गीत रचना र मोडलिङमा समेत विषेश अनुभव भएकी गायिका श्रीपालसँग गरेको छोटो कुराकानी ।

  • कहिलेबाट सांगीतिक क्षेत्रमा लाग्नुभएको हो ?

मैले सानैदेख विद्यालय र गाउँघरमा हुने विभिन्न साँगीतिक कार्यक्रममा गाउने गर्थे । त्यसका साथसाथै विभिन्न विद्यालयस्तरीय र क्षेत्रीयस्तरको लोकदोहोरी प्रतियोगितामा भाग लिँदै आए“, पछि अध्ययनका लागि आएपछि पढाईलाई पनि निरन्तरता दिँदै गएँ भने अर्कोतर्फ व्यवसायिक रुपमा गाउन थालेँ ।

  • हालसम्म कतिवटा गीत गाउनुभयो ?

आफ्नो र अरुको गीत गरेर करिब २० वटा गीत गाइसकेकी छु । धेरैजसो गीतको शब्द र रचना मैले नै गरेकी छु । केहि गीत अरुको रचना र शब्दमा पनि गाएकी छु ।

  • कतिवटा एलबम बजारमा ल्याउनु भयो ?

हालसम्म मैले ४ वटा एल्बम बजारमा ल्याएँ । पहिलोः “तिमी नभए भने…’लोक दोहोरी), दोस्रोः ‘घरमा पराल..’ र तेस्रोः ‘चाहिँ गलकोटे साइँलो…’र चौथों “ओइली झर्यो फूल”नामक गीत गाएँ । जसको शब्द, रचना २ वटा एल्बममा आफैंले गरेको छु भने अर्को २ वटामा भने आदरणीय दाजु मिलन लामाले गर्नुभएको छ ।

  • सांगीतिक यात्रामा पुरस्कृत हुनु भएको छ कि?

अवश्य भएको छु । स्थानीय प्रतियोगिताहरुमा पुरस्कृत भएकी छु भने राष्ट्रियस्तरमा २०७० सालमा “मेरो घरमा पराल..” नामक गीति एल्बम सर्वाधिक बज्न सफल भएकोमा म पुरस्कृत थिएँ ।

  • कुन–कुन देशमा आफ्नो कला प्रस्तुत गर्नुभएको छ ?

मैले विदेशमा २ पटक दुवईका नेपालीहरुबीच आफ्नो कला प्रस्तुत् गरिसकेकी छु । र, यूकेमा पहिलो पटक हो । 1450866_506602086105321_1614690929_n

  • तपाईंलाई मनपर्ने आफ्नो एल्बमको गीत ?

मैले गाएका सबै गीतहरु मनपर्छ तर तीमध्ये “घरमा पराल बारीमा बन्सो…” बाट बढी सन्तुष्ट मिल्छ ।

  • तपाईंलाई कल्पना श्रीपाल भनेर श्रोता÷दर्शककासामू चिनाउन गीत कुन हो ?

अझै म त्यति परिचित भएको त छैन तैपनि “घरमा पराल बारीमा बन्सो…” गीतलेनै धेरै श्रोताहरुमाझ चिनाएको हो ।

  • तपाईंका अभिभावकहरु खुशी हुनुहुन्छ?

मेरो संगीतमा मन बसिसकेकोले अभिभावकको इच्छा पूरा गर्न सकिनँ । सुरुमा अभिभावक निकै चिन्तित हुनुहुन्थ्यो तर नेपाली सांगीतिक क्षेत्रमा मलाई रमेको देखेपछि अहिले उहाँहरु सन्तुष्ट नै हुनुहुन्छ ।

  • नेपालमा लोकसंगीतको अवस्था ?

अहिले नेपालमा बढी हिन्दी गीत, पप र र्यापको फ्यानहरु बढ्दो छ । तापनि नेपाली लोकसंगीतमा नेपालीपन छ, हरेक शब्द शब्दले नेपालका गाउ“घरको प्रतिनिधित्व गरेकैले होला, अहिलेसम्म नेपाली लोकसंगीतको अवस्था असाध्यै राम्रै देखेको छु । यसको अर्थ चुनौती नभएका होइनन्, तर अवसर पनि थुप्रै देखेकी छु । आजभोली नेपालमा विभिन्न महोत्सवहरुमा पनि लोकदोहोरीको उपस्थिति बढ्दै गइरहेको छ भने विदेशमा बस्ने तमाम नेपालीले पनि नेपाली लोकसंगीतलाई असाध्यै माया गरिदिएकोले पनि अवस्था धेरै राम्रो देखेकी छु ।

  • बेलायतमा नेपाली लोकसंगीतको अवस्था कस्तो देख्नुभएको छ ?

बेलायतमा नेपाली लोकसंगीतलाई असाध्यै माया गरेको पाएँ । निरमाया गामबेशी दोहोरीले मलाई बेलायत आउने अवसर प्रदान गर्यो । मैले हरेक बिहिबारदेखि सोमबारसाँझ निरमायामा गाउने गर्छु । हरेक दिन, हरेक नयाँ दर्शकहरुको बढ्दो अवस्था छ । त्यत्तिमात्र होइन, प्रत्येक शनिबार र आईतबार प्रायः हामी सबै साथीहरु कुनै न कुनै संघसंस्थाको कार्यक्रममा आफ्नो कला प्रस्तुतिको लागि पुग्ने गरेका छौं । बेलायतमा रहेका हाम्रा नेपाली लोकसंगीतका पारखीहरु यति धेरै रमाउनु हुन्छ, यति धेरै नाच्नु हुन्छ ।

  • अन्त्यमा केहि भन्न चाहनुहुन्छ कि ?

सर्वप्रथम त गाउबेसी दोहोरीसाँझ नेपालका प्रोपाईटरहरु र निरमाया रोधीं बेलायतका प्रोपाईटरज्यूहरुलाई बेलायतमा आउन अवसर प्रदान गर्नुभएकोमा धन्यवाद । मैले बेलायत आएदेखि नै अल्डरसटस्थित निरमाया रोधीं घरमा गाउँदै छु, तपाईहरु पनि आउनुहोस्, नेपाली लोकसंगीतलाई माया गरिदिनुहोस् । सँगै गाउला र सँगै नाचौंला । धन्यवाद ।

- Source – eversttimes.net

Kalpana Shreepal As Model in her own Album…

Her Popular song…


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>