डढेल्धुरा, मंसिर १६ । डढेल्धुरामा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये लक्षीराम थापाको मात्र परिचय खुलेको छ ।
बाँकीको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ पुरूष र २ महिलाको ज्यान गएको छ । दुर्घटनामा परी ३४ यात्रु घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्ये केहिको परिचय खुलेको छ । जसमा बाजुराको वाधु गाविस वडा नं ६ का राजवहादुर खत्री, बाधु ७ कै ३८ वर्षका सब्वल लुहार, ५२ वर्षका विरु अधिकारी १४ बर्षका भक्त सार्की, बाधु ७ कै १७ वर्षका दिनेश अधिकारी, ३५ वर्षका धनु सार्की, ४८ बर्षका गौरी रावल छन् ।
यस्तै गोत्री ७ का २० वर्षका जयमान दमाइ २१ बर्षका उज्वल दमाइ वडा नं ८ का ६० बर्षका अर्जुन वड, वडा नं ७ का ३३ वर्षका चिने दमाइ, मुगु भैरवस्थान गाविस वडा नं ३ का १६ वर्षका कर्मराज जैसी, सोहि गाविस वडा नं ६ का २९ वर्षका कर्ण सार्की, मानवहादुर सार्की मुगु धैना ५ का अमृत सार्की मार्तडीका १९ वर्षका झरना खडका, १९ वर्षका राजन खडका, ८ वर्षका प्रमिला पण्डित घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी २१ वर्षका प्रेमराज पण्डित, ६० वर्षका कृष्णराज पण्डित, २१ वर्षका निरा पण्डित, ३५ वर्षका धुनदेवि पण्डित मार्तडी सातका विनोद विक, पाण्डुसैन २ का २१ वर्षका गोर्ख कडारा, डोटी गजरा दुईका अमर कुवर, बाजुरा कैलाशमाण्डौ ८ का २० वर्षका खडक थापा, पाण्डुसैन २ का १८ वर्षका चिने कडारा मुगु धैना गाविससका कर्णजित सार्की र कन्चनपुर ७ का गणेश वडु रहेका छन् ।
सामान्य घाइतेहरुको डढेल्धुरा सामुादयिक अस्पताल र गम्भिर घाइतेको धनगढी अस्पतालमा उपचार भइरहेको छ । डढेल्धुराका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली दुर्घटनाका बारेमा भन्नुभयो-’बाजुराबाट धनगढी हिँडेको बस हो । सुरुमा ३० जना यात्रुको इन्टि्र गरिएको पाइएको छ, केहीलाई पछि बाटोमा पनि थपिएको जानकारी आएको छ ।

सजिलो ठाउँमा दुर्घटना भएकाले यात्रुको चाप बढी हुनु र चालक निदाउनु दुर्घटनाको कारण हुनसक्ने उनीहरुको अनुमान रहेको छ ।