१३ मंसीर, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराईले निर्वाचनको मतपरिणामले पुनः ०४७ सालको संविधान फर्काउने खतरा देखापरेको बताएका छन् ।baburam bhattrai गोरखा १ बाट निर्वाचित भएपछी पहिलोपटक जिल्ला आएका भट्टराइले ०६३ सालको अन्तरिम संविधानलाई आधार मानेर संविधान निर्माण गर्नुपर्ने बताए । 'केही मान्छेले ०४७ सालकै संविधान फर्काउने दुस्साहस गरिरहेका छन्', उनले भने 'यदी कसैले त्यस्तो दुस्साहस गर्छ भने ०५२ साल फर्किन्छ भन्ने हेक्का पनि रहोस् । चुनावमा सहभागी भएपछी एक पक्षले जित्नु र अर्को पक्षले हार्नु अप्रत्यासित नभएको पनि भट्टराईले बताए । उनले भने, 'चुनाव पनि लडाँईको मोर्चा हो, हार्नु क्षणिक भएपनि थुप्रै हारपची जित हुन्छ । संख्यात्मक रूपमा पछाडि परेको कुरालाई अन्यथा लिनु हुँदैन । उनले संविधानसभाको यो प्रक्रियाबाट अगाडि बढीरहने पनि प्रतिबद्धता व्यक्त गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ
↧
डा. बाबुराम भट्टराईले हारको रिस येसरी पोखे
↧