२६ नोभम्बर, काठमाडौं । बलिउड नायिका करिना कपुर फेरि एक पटक चर्चामा आएकी छिन्। उनी गर्भवती भएको खबरले फेरि चर्चामा आएकी हुन्। करिना अहिले काम गरिरहेको फिल्म गोरी तेरे प्यारमेमा बढी मोटो देखिएकाले उनी गर्भवती भएको कुरालाई प्रमाणित गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। करिनाले सेफ अलि खानसँग विवाह गरेको एक वर्ष पूरा भएको छ। अब करिना र सेफको पर्खाइ चाँडै सकिएर एउटा बच्चाको धनी हुने सञ्चार माध्यममा चर्चा छ।
हालै नायक पति सेफको फिल्म बुलेट राजाको एक कार्यक्रममा करिना देखाएकी थिइन्। त्यस कार्यक्रममा उनले लगाएको कपडाबाट पनि करिना गर्भवती छिन् भन्ने प्रस्टै झल्किएको समाचारमा उल्लेख छ। समाचारमा जनाइएअनुसार उनको पेट पनि बाहिर निस्किएको देखिन्थ्यो भने उनी बढी थाकेकी, बिरामी र ओछ्यानबाट उठेर कार्यक्रममा आएजस्ती देखिन्थिन्। शनिबार मुम्बईमा भएको उक्त फिल्मी कार्यक्रममा सेफ करिनासँगै पुगेको र त्यहाँ सेफले व्यक्त गरेका धारणाले पनि करिना आमा बन्ने कुरा पक्का भएको समचारमा जनाइएको छ। Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
