पैसासम्बन्धी चिन्ता र सामाजिक सञ्जालका कारण बेलायतीहरू पहिलेभन्दा कम सेक्स गर्ने गरेको शोधबाट थाहा भएको छ । करिब १५ हजार बेलायतीमा गरिएको यो शोधअनुसार १६ देखि ४४ वर्ष उमेरका बेलायतीले महिनामा बढीमा पाँच पटक मात्र सेक्स गर्ने गरेको खुलासा भएको छ । Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
यसअघिका दुई सर्वेक्षणले मानिसहरू हरेक महिना कम्तीमा ६ पटक यौन सम्पर्क राख्ने गरेको देखाएका थिए । नेसनल सर्भे अफ सेक्सुअल एटिच्युड्स एन्ड लाइफस्टाइल्सले सन् १९९०-९१ र १९९९-२००० मा यस्तै दुई सर्वेक्षण गरेको थियो । अध्ययनमा संलग्न अनुसन्धाताका अनुसार आधुनिक जीवनशैलीले यौनेच्छालाई प्रभावित बनाइरहेको छ । ‘मानिसहरू आफ्नो कामप्रति निकै चिन्तित छन् । पैसाको चिन्ताका कारण उनीहरू सेक्स गर्न चाहँदैनन्,’ युनिभर्सिटी कलेज अफ लन्डनका डा. क्याथ मर्सरले भनिन्, ‘मानिससँग स्मार्टफोन र ट्याब्लेट छन् ।
उनीहरू यी उपकरणलाई शयनकक्षमा पनि लैजान सक्छन् । त्यहाँ उनीहरू ट्विटर चलाउँछन्, फेसबुकमा च्याट गर्छन् र इमेलको जवाफ पठाउँछन् ।’ मर्सरका अनुसार १६ देखि ४४ वर्ष उमेरका मानिसहरू सेक्सभन्दा पनि अनलाइन पोर्न हेर्न मन पराउँछन् । सर्वेक्षणमा सन् २०१० देखि २०१२ को बीचमा पुरुषले ४ दशमलव ९ र महिलाले ४ दशमलव ८ पटक सेक्स गरेको उल्लेख छ । हरेक १० वर्षमा गरिने यो सर्वेक्षणको ताजा तथ्यांकका अनुसार १६ वर्षभन्दा कम उमेरदेखि नै किशोरकिशोरी यौन क्रियाकलापमा संलग्न भइसकेका हुन्छन् ।
अघिल्लो सर्वेक्षणमा सहभागी २९ प्रतिशतले १६ वर्षमुनि सेक्स गरेको स्विकारेका थिए । अहिले भने यो दर ३१ प्रतिशत पुगेको छ । सर्वेक्षणमा ज्येष्ठ नागरिकको यौनजीवनबारे पनि प्रश्न सोधिएको थियो जसअनुसार ६५ देखि ७४ वर्षका ४२ प्रतिशत महिला र ६० प्रतिशत पुरुषले सेक्स गरेको बताएका छन् । तथापि, वृद्धहरूले महिनामा २ दशमलव ३ पटक र वृद्धाहरूले १ दशमलव ४ पटक सेक्स गरेको स्विकारेका छन् । सर्वेक्षणले २५ देखि ३४ वर्ष उमेर समूहका पुरुषको यौन सक्रियता सबैभन्दा बढी देखिएको छ । उनीहरूले महिनामा ५ दशमलव ४ पटक यौनसम्पर्क गर्ने गरेको बताएका छन् । महिलामा भने १६ दखि २४ का सबैभन्दा बढी सक्रिय छन् । ४४ वर्षसम्मका महिलाले आफ्नो जीवनमा कम्तीमा सातजनासँग यौनसम्पर्क राखेको बताएका छन् जबकि पुरुषको हकमा यो संख्या ११ भन्दा बढी छ । यौनका लागि पैसा तिर्नुभएको छ ? भन्ने प्रश्नको जवाफमा ३ दशमलव ६ प्रतिशत पुरुषले ‘छ’ भनेका थिए। तर, नगन्य महिलाले मात्र यौनका लागि पैसा तिरेको स्विकारे । जबकि, १० प्रतिशत महिलाले आफूले कम्तीमा १ पटक करकापमा यौनसम्बन्ध राखेको बताएका छन् । तर, पुरुषको हकमा यो आँकडा हरेक ७० मा एक छ । सर्वेक्षणको विस्तृत प्रतिवेदन विज्ञान जर्नल ल्यासेटमा छापिएको छ ।