वैज्ञानिकहरुले एउटा नयाँ ‘लव टेस्ट’ गर्ने माध्यम पत्ता लगाएका छन् । यसले दाम्पत्य जीवनको सफलताका लागि नवविवाहित दम्पत्तिलाई गाइड गर्न सक्ने शोधकर्ताहरुको दावी छ ।
साथीको तस्वीरकाबारेमा एउटा अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्न उपयोगी हुन सक्ने शोधको ठहर छ । जुन व्यक्तिको मनमा नकारात्मक कुरा खेलिरहेको छ, केही वर्षपछि उनीहरुको सम्बन्धमा तिक्तता आउने सम्भावना बढ्दछ ।
मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स मैकनल्टीले भने– यो नयाँ अध्ययनबाट नवदम्पत्तिलाई एकअर्काप्रतिको सोचका बारेमा सही अनुमान लगाउन सहयोगी हुनेछ । अध्ययनका क्रममा विवाहका क्रममा तपाई खुसी रहनु हुन्छ वा हुन्न भन्ने विषयमा अनुमान लगाउन निकै सहयोगी सिद्ध हुने शोधकर्ता प्रोफेसर जेम्सले बताए । अध्ययनकर्ताहरुको टिमले विवाहलगत्तै यस्ता १३५ जोडीमा अध्ययन गरेका थिए । शोधकर्ताहरुले उनीहरुलाई विवाहको मूल्याङ्कन सकारात्मक, नकारात्मक, राम्रो, खराब, सन्तुष्ट र असन्तुष्ट कसरी गर्छन् भन्ने विषयमा अध्ययन गरेका थिए । त्यसपछि लव टेस्ट विधि प्रयोग गरेर एकअर्काको मनको कुरा मापन गरिएको थियो ।
यसमा एक पार्टनरलाई अर्को पार्टनरको तस्वीर एक सेकेन्डको तेस्रो हिस्सासम्मका लागि देखाइएको थियो । यसपछि उनीहरु जति छिटो हुन सक्छ उति नै छिटो ‘शानदार, आश्चर्यजनक, डरलाग्दो र भयानक’मध्ये कुनै एक जवाफ दिन लगाइएको थियो । शोधकर्ताहरुका अनुसार जुन तरिकाले जुन आवाजमा उनीहरुले जवाफ दिए, त्यसबाट उनीहरुको सही भावनाका बारेमा जान्ने प्रयास गरिएको थियो ।
यो टेस्ट सम्बन्ध बनाउने मनोवैज्ञानिक सिद्धान्तमा आधारित थियो । सिद्धान्तअनुसार विवाह बन्धनमा बाधिएका व्यक्तिमा पार्टनरको तस्वीर क्षणभरका लागि देखेपछि सकारात्मक वा नकारात्मक विचार आउने गर्दछ ।
शोधकर्ताहरुका अनुसार यदि उनीहरुको दिमागमा सकारात्मक कुरा भरिएको छ भने निश्चित रुपमा उनीहरुले ‘शानदार’ शब्द प्रयोग गर्नेछन् । यसरी नकारात्मक कुरा छ भने उनीहरुको प्रतिक्रिया ‘डरलाग्दो’ हुनेछ ।
प्रो. जेम्स र उनको टिमका अनुसार नव दम्पत्ति जब सचेत भएर जवाफ दिन्छन् तब उनीहरु आफ्नो सम्बन्धका विषयमा सकारात्मक कुरा गर्छन् ।
यो अध्ययन जर्नल साइन्समा प्रकाशित छ । शोधकर्ताहरुले यी जोडीको हरके ६ महिनामा चार वर्षसम्म अध्ययन गरेको थियो । अध्ययनमा संलग्न जुन जोडीमा नकारात्मक सोच थियो उनीहरुको वैवाहिक सम्बन्ध दिन बित्दै जाँदा खराब हुँदै गयो, कतिको त सम्बन्ध विच्छेदसम्म भयो ।
शोध प्रमुख जेम्सका अनुसार हरकोही भरोसा गर्न चाहन्छ कि आफ्नो सम्बन्ध राम्रो होस् । तर, मनको कुराबाट स्पष्ट हुन्छ कि व्यक्ति आफ्नो सम्बन्धका बारेमा तत्काल के महशुस गर्दछ । उनले भने –यो टेस्टबाट नकारात्मक या सकारात्मक लगावको परीक्षण गर्न सकिन्छ । प्रोफेसर जेम्सले भने, व्यक्तिको मनमा एकै समय प्रेम र नकारात्मक भावना दुवै आउन सक्दछ । र, यो टेस्ट सम्भवतः दुवै स्थितिमा नजर राख्न सहयोगी हुनेछ ।
यद्यपि उनले शोध विवाह गर्नुअघि टेस्ट गर्न पूर्ण रुपमा विकसित हुन समय लाग्नेछ । यो रिपोर्ट साइन्स जर्नलमा प्रकाशित छ । एजेन्सी