Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

चटके दाई र अन्धा बाँदरहरु !

$
0
0



- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका  


केही बर्ष यता 
एउटा नामुद चटके 
कहिले बिच सडकमा बसेर
कहिले गोप्य कोठा भित्र पसेर 
बाँदर हरु नचाइरहेको छ 
केही तालिम प्राप्त बाँदरहरु 
केही पिछलग्गु बाँदरहरु 
उसैको आदेशमा चल्छन 
कसैलाई देख्नै हुन्न 
चिथोर्छन, कोपर्छन !
बिसालु नँग्राको करामत 

डर र त्रासले 
केहीलाई भाग्न वाध्य बनाउँछन् 
अनकण्टार जँगलमा बसेर
आफै महान भनी उपाधी घसेर

सोझा साझा केही भोका बाँदरहरु 
आफ्नो पन्जामा पार्न सफल 
त्यो नामुद चटके      
जँगलमै कयौं दिन बसेर 
आतंक मच्च्याउनु मच्च्यायो 
अरुलाई दिनु दु:ख दियो 
चटकीमा समाबेश गरायो 
उसको त्यो चटकीमा 
सोझा साझा बाँदर मात्र होइन 
केही हात्ती सुँगुर स्यालहरु 
समाबेश गरायो 
उसको आतंकका अगाडि 
कोही पनि टिक्न सकेनन 
 चटके लाई ठेगाना लगाउंछौं भन्ने हरु 
खासै बिक्न पनि सकेनन
केही बर्ष चटके कै भर चलिरह्यो 
उसकै चटके लौरीले काम गरिरह्यो 
सबै उसकै तालमा नाँचे 
उसकै आतंकमा बाँचे 
अहिले भर्खरै को कुरा हो 
चटकेको आतँकित क्षेत्रमा 
एका एक सारा जिबजन्तु हरु 
एकजुट भएछन
तँलाई मान्दैनौं भन्न गएछन
चटकेले फेरी आदेश फर्माएछ 
मेरो चटकी लौरो अनुसार चल्नु पर्छ 
मेरा अगाडि सबै गल्नु पर्छ 
उ अझै पनि धम्की दिंदैछ
केही काँतरहरु काँप्दैछन 
अझै पनि केही अन्धा बाँदरहरु 
उसकै चटकी लौरो को भरमा बाँच्दैछन 
केहीले चटकेलाई चटक्क छाडेका छन 
केहीले होइन सँगै हिडाउँ भन्दै छन 
किनकी उनिहरुलाई थाहा छ 
उसको बिगत को आतंक 
जँगलको त्रास
उसको ईशारा नमान्दा लुटिएका बास
कैयौँ अनाहकमा मारिएर बनेका लाश 
त्यो आतंकको बिगत सम्झेर होला 
अझै पनि केहीले 
उसलाई सँगै हिँडौं भन्दैछन 
तर उ जँगल र बस्ती दुबैबाट
एक्लिँदै गएको छ !
चटके अहिले मर्माहित भएको छ  
तातो रातो रगत पिउन माहिर उ 
अहिले एक्लिँदा पनि चेत नपाएर 
बौलाइरहेको छ, होस गुम छ 
बर्बराउँदै भन्छ उसले अझै 
मेरो आदेश अनुसार संसार घुम्छ 
बिचरा चटके दाई 
हिँजोकै सपना साँच्दैछ
बर्बराहट र भ्रममा बाँच्दै छ
बर्बराहट र भ्रममा बाँच्दै छ  !
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>