Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारत र चीनका जासुस राजधानीमा, रअका प्रमुख दलका नेतालाई भेट्दै

$
0
0
२२ मंसिर, काठमाडौं । संविधानसभा निर्वाचनपछि राष्ट्रप्रमुखसहित सत्ता समीकरणको जोडघटाउ चलिरहेका बेला भारत र तीनका सुरक्षा, सूचना र जासुसी निकायका उच्च अधिकृतहरुको नेपाल भ्रमण बाक्लिएको छ ।

उत्तरी छिमेकी मुलुक चीनको विदेश मन्त्रालय बाह्य सुरक्षा मामिलासम्बन्धी प्रमुख एवं नेपालका लागि चीनका पूर्वराजदूत क्यू गोहाङले काठमाडौंमा राजनीतिक दलका नेता र उच्चपदस्थसँग भेटघाट गरिरहेका बेला राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्ने गरेको दक्षिणी छिमेकी मुलुक भारतीय गुप्तचर संस्था रअ् प्रमुख आलोक जोशी बिहीबार काठमाण्डौं आएका छन् ।

नेपालमा राजनीतिक संकट उत्पन्न र निराकरणमा प्रभाव र दवावको भूमिका खेल्ने बेलामा टुप्लुक्क देखा पर्ने जोशी यसपल्ट अर्झै कूटनीतिक व्यक्तिको नाम प्रयोग गरी राजधानीमा क्रियाशील छन् । सुरक्षा स्रोतका अनुसार उनी राजधानीको होटल र्‍याडिसनमा बसेर सत्ता समीकरणका खेलाडीसँग अन्तरक्रियामा व्यस्त रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेस एमालेका नेता राष्ट्रपतिको नयाँ चुनाव गर्न हुने वा नहुने विवादमा रुमल्लिएर सत्ता समीकरणको गृहकार्य गरिरहेका बेला आएका आलोक जोशीको भूमिका कस्तो हुने हो खुलेको छैन । तर नेपाल नीतिमा भारत मूख्य रुपमा रअमै निर्भर रहेकाले जोशीको भ्रमण पटक पटक हुने गरेको एक मधेस केन्दि्रत दलका नेताले बताए ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>