Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

साझा सवाल - विवादित दलहरु र कानून व्यवसायीबाट मतदाताहरू के जान्न चाहन्छन् त ?

$
0
0
संविधानसभाको दोस्रो निर्वाचनपछि ठूला बनेर आएका दुई राजनीतिक दलहरू -- नेपाली कांग्रेस र एमाले, अहिलेकै राष्ट्रपति राख्ने कि नयाँ चुन्ने भन्नेमा विवादित देखिएका छन् । नयाँ संविधानसभाको गठन नहुँदै प्रमुख दुई राजनीतिक दलबीचको विवादले संविधान लेखनमा असर गर्ने सर्वसाधारणको चिन्ता छ । प्रमुख राजनीतिक दलहरूले एक वर्षभित्रै संविधान लेखनको काम पूरा गर्ने भनी चुनावी घोषणापत्रमा उल्लेख गरेपनि शक्ति बाँडफाँड र दलहरूबीचको विवादले समयमै संविधान लेखिएला त? अहिले नै सत्ता र शक्तिका लागि विवादित दलहरूले सरकार र संविधान कसरी निर्माण गर्लान् त? नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद बनेको राष्ट्रपतिको व्यवस्थाका बारेमा विवादित दलहरु र कानून व्यवसायीबाट मतदाताहरू के जान्न चाहन्छन् त? छलफलका लागि साझा सवालमा आज नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सभासद रमेश लेखक, नेकपा एमालेका नेता एवं नवनिर्वाचित सभासद भीम आचार्य र संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारी हुनुहुन्छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>