Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गगनलाई १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश !!

$
0
0
२३ मंसिर, काठमाडौं । संविधानसभा अदालतले धाँधली गरेको भन्दै परेको उजुरीमा काठमाडौं ४ बाट विजयी नेपाली कांग्रेसका युवा नेता गगन थापालाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले थापासँगै निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतका विपक्षीलाई बोलाएको हो । धाँधली भएको भन्दै कांग्रेसका सभासद थापाविरुद्ध एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले अदालतमा उजुरी दिनु भएको थियो । पासाङले पुनः निर्वाचनको माग समेत माग गर्नु भएको छ । यस्तै संविधानसभा अदालतले दोलखा-१ बाट विजयी पार्वत गुरुङलाई १० दिनभित्र उपस्थित हुन आदेश जारी गरेको छ । गुण्डागर्दी गरेर मतदान केन्द्र कब्जामा लिने काम भएको आरोप लगाउँदै कांग्रेस उम्मेदवार जीपछिरिङ लामाले गुरुङविरुद्ध दायर गरेको उजुरीमा पुनः निर्वाचन गराउन पर्ने माग गर्नुभएको थियो । यसैबीच दोलखा-१ का एनेकपामाओवादीका उम्मेदवार नेता विशाल खड्काले नेकपा एमालेबाट विजयी पार्वत गुरुङविरुद्ध आज संविधानसभा अदालतमा उजुरी दर्ता गराउनुभएको छ । - अनलाइनखबर
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>