काठमाडौं, मंसिर २६ । चीनको दक्षिणी प्रान्त सन्चनको कुङमिङ जिल्लास्थित एक फलफूल बजारमा भीषण आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा थुप्रै घाइते भएका छन् । स्थानीय समय अनुसार आज बिहान सल्केको आगोले फलफूल बजारको धेरै भाग क्षतिग्रस्त बनाएको बीबीसीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
source : imagekhabar