Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भीमेश्वरमा पसिना आउँदा कहिले के भयो ? (फोटो फिचर भिडियो सहित)

$
0
0
दोलखा, पुस १ - मन्दिर र देवताहरुको प्राचीन सहर दोलखा बजारको उत्तरमा अवस्थित भीमेश्वरको शीलामा आइतबार अपरान्ह 'पसिना'आएपछि दर्शनार्थीहरुको घुइचो लाग्यो ।
शीलाको चारैतिरबाट पानीका थोपाहरु निस्कदै झर्दै गरेपछि परम्परा अनुसार मन्दिरका घण्टाहरु बजाउन थालियो भने दोलखाका नेवार समुदायले विभिन्न पर्वमा बजाइने बाजाहरु बजाउन थालियो । पानीको थोपा आउने र झर्ने अवस्थालाई 'पसिना आएको'ठानेर शीलालाई चम्मरले हम्कदै कपासका टुक्राले पसिना पुछ्न थालियो । मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले राजपुजा सक्ने वित्तिकै करिब साढे तीन बजे शीलाको रंग फुस्रो भएर चिल्लो कालो हुदै पसिना आएको दृष्य देखेपछि कपासले पुछिदिन थाले । उक्त प्रकृया करिब ५ बजेसम्म भैरहदा हजारौ दर्शनार्थीले मन्दिरको दर्शन गरे । 
देशमा अनिष्ट वा परिवर्तनका पूर्व संकेतस्वरुप पसिना आउने विश्वास राख्ने स्थानीयले पसिना पुछिएको कपासलाई राजाको शासनका बेला राजदरबार र प्रजातन्त्र प्राप्तिपछि राष्ट्र प्रमुखहरुलाई पठाउने गरेका छन् । '२०६४ मा पसिना आउदा प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला पठाइएको र यसपाला राष्ट्रपतिलाई पठाउने निधो भयो,'स्थानीय टिकानारायण प्रधानले बताए । स्थानीय भगवानदाश श्रेष्ठका अनुसार पसिना आएपछि तत्कालीन राजदरबारको चासो हुन्थ्यो र कपास प्राप्त भएपछि 'क्षेमापूजा'गर्नका लागि खर्च पठाउने चलन थियो । पछि पनि जसलाई कपास पठायो उसैले स्थानीय प्रशासनको अगुवाइमा क्षेमा पूजा गरिने चलन छ ।
 दोलखा बजारका धर्म, संस्कृति र इतिहासको अध्ययन गर्दै रहेका शान्तकृष्ण श्रेष्ठका अनुसार करिब १९९० सालदेखि यता भीमेश्वरमा आएको पसिनाबारे जानकारी राखेका छन् । उनका अनुसार जब पसिना आउन थाल्छ, भीमेश्वरको कालो शीला खैरो हुदै जान्छ । त्यसपछि क्रमिक रुपमा शीलाको माथिल्लो भागमा पानीका थोपाहरु देखिदै र्झन थाल्छन् । यो दृष्य प्रकट हुनेवित्तिकै घण्टाहरु बजाएर सर्वसाधरणलाई जानकारी गराइन्छ । घण्टाको आवाज गञ्जनेवित्तिकै मानिसहरु दर्शन गर्न र कपासका टुक्रा लिन घुइचो लाग्छ । यो पटक पनि साझसम्म कपास लिन पर्खेका दर्शनार्थीलाई प्रहरीको साहयताले कपास बाँडिएको थियो । मन्दिरमा भेला भएका दर्शनार्थीले धुप बालेर पसिना नरोकिएसम्म प्रथाना गरिरहे । कतिपयले आफैले ल्याएको घण्टी बजाइरहेका थिए ।
शिलामा पसिना आएपछि पुछिएका कपासलाई साँझ नै प्रतिक्षरत दर्शनार्थीलाई बाँडियो भने बाँकी कपास स्थानीय प्रशासनलाई बुझाइने भीमेश्वर मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले प्राप्त कपासलाई स्थानीयको निर्णय अनुसार राष्ट्रपति कार्यालयमा पठाइने बताए ।
भीमेश्वरमा शीलामा 'पसिना'आएको साल   पसिना आएपछि भएको  घटना
विक्रम सम्बत् १९९०महा भुकम्प
विक्रम सम्बत् १९९७शहीदलाई फँसी
विक्रम सम्बत् २००७प्रजातन्त्रका लागि क्रान्ति
विक्रम सम्बत् २०११राजा त्रिभुवनको मृत्यु
विक्रम सम्बत् २०१५राजनीतिक उतारचढाव
विक्रम सम्बत् २०१८भीषण बाढी पहिरो
विक्रम सम्बत् २०२८राजा महेन्द्रको मृत्यु
विक्रम सम्बत् २०३६जनमत संग्रह
विक्रम सम्बत् २०४५भूकम्प र दोलखामा पहिरोको ठूलो घटना
विक्रम सम्बत् २०४६बहुदल प्राप्ति
विक्रम सम्बत् २०५८ को माघ १ गते र पुष ३ गते दुईपटकराजपरिवार हत्या
विक्रम सम्बत् २०६४संविधानसभा निर्वाचन

(नोटः अनुसन्धानको पर्खाइमा दोलखा पुस्तक र स्थानीय बुढापाकाहरुको भनाईमा आधारित)

साभार : कान्तिपुर
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>