Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

श्रृंखलाबद्ध हत्यालाई छोपछाप पार्नकालागि खन्नुहुंदैन अर्को चिहान I

$
0
0
जय कार्की, निमकान्त पाण्डे , काठमाडौँ।
निकै लामो समयपछि नेपाली दर्शकले नेपालको सामाजिक वातावरण तथा बस्तुस्थिति अनुसारको फिल्म हेर्ने अवसर छिट्टै पाउने भएका छन् । भल्गर सिनेमाले वाक्क र दिक्क भएर सिनेमा हल जान छाडेका सिने दर्शकहरु र फिल्म समीक्षकहरु अव नेपाली फिल्मी जगतलाई भल्गारिटीको असामाजिक भाइरसले पाकिस्तानी फिल्म जगतको जस्तै बद्नाम गरायो भनिरहेकै वेलामा नेपालमा राम्रा फिल्म पनि बनाउन सकिन्छ र वनाउनु पर्छ । अश्लीलता पस्केर सामाजिक जीवनलाई विकृत वनाईनु हुन्न यसलाई सही वाटोमा ल्याउनै पर्छ र फोहोरी सामाग्री दर्शक र देशलाई पस्केर नाफामा रम्नु हुन्न सामाज र संस्कृतिमाथि अश्लील अश्त्रले ध्वंश गर्ने कसैलाई पनि छुट छैन भन्ने जमात पनि छन् र उनीहरुले प्रयत्न गरिरहेका छन् भन्ने साविती हो भरखरै प्रिमियर शो गरिएको रमेशको निर्माणमा र बद्रिकृष्ण श्रेष्ठले निर्देशन गर्नु भएको फिल्म चिहान ।
      चिहानको यहि मंसिर २७ गतेका दिन गोपीकृष्ण हलमा प्रिमियर शो सम्पन्न भएको छ । विभिन्न राजनैतिक दलका नेता, कलाकार, पत्रकार, फिल्म समीक्षक तथा निर्माता र फिल्म वितरक लगायत हजारौं दर्शकहरुले हल खचाखच भएको थियो । कार्यक्रममा नेपाली कंग्रेसका नेता नारायण खड्का, एनेकपा माओवादीका राज्य समितिका सदस्यहरु तथा अखिल नेपाल टेड युनियन महासंघका उपाध्य बाबुराम गौतम, महासचिव गणेश रेग्मी तथा तथा पार्टी सल्लाहकार लगायत अखिल नेपाल टे«ड युनियन महासंघका झण्डै डेढ दर्जन केद्रीय सदस्यहरुको उपस्थिति रहेको थियो भने चिहान फिल्मका कलाकार निरज वराल, पुजना शाही लगायत सवै जसो कलाकारको उपस्थिति रहेको थियो । उपस्थित पाहुनाकोहरुको स्वागत तथा सत्कार निर्माता, निर्देशक र कलाकारहरुले गरेका थिए । बेलुका ५.३० बाट शुरु भएको फिल्म चिहानको मनोग्राम तथा सेन्सर बोर्डको अनुमति पत्र फिल्मको पर्दामा देखिने वित्तिक्कै सवैले ताली वजाएर हललाई गुन्जायमान वनाएका थिए ।
      सिंगो फिल्म लगभग दुई घण्टाको रहेको छ । फिल्मलाई सवैले आनन्दपूर्वक अन्तसम्म निकै चाख मानेर ठाउं ठाउंमा प्रयोग गरिएको डायलग र कलाकारको भूमिकाको अभिनयले सन्तुष्ट भएर ताली वजाएका थिए । फिल्म हेर्दा हेर्दैका दर्शक दीर्घामा वसेका कलाकार, निर्देशक तथा निर्माताहरुलाई हामीले चिहान फिल्मकोवारेमा उनीहरुको प्रतिकृया मागेका थियौं । उनीहरु सवैले एउटै जवाफ दिए निकै लामो समयपछि राम्रो नेपाली फिल्म हेर्न पाइयो । समाजमा रहेको घटेको वास्तविक घटनालाई पर्दामा उतारेको पाइयो । अनाबश्यक तरीकाले शंकामा डुब्दा मान्छे कसरी हत्यारा बन्दोरहेछ र त्यसको उपचार के हुन सक्छ । अर्को एउटा नया चिहान खन्नु र उधिन्नु अघि नै उपचार गर्नु पर्छ नत्र घटनाले निरन्तरता पाईरहन्छ भनि निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ ।चिहान फिल्ममा सवै कलाकारलाई लेखक र निर्देशकले निकै राम्रो ढंगले उनीहरुको भूमिका अनुसारको काम लिन सफल हुनु भएको छ । कलाकारहरु सवैले निकै उत्कृष्ट भूमिका पूरा गरेका छन् । यसको श्रेय निर्देशकलाई जान्छ । निरज वराल, पुजना शाही, अनुपा कार्की अर्थात दिदी, भिनाजु र सालीको मनोविज्ञानका विषयमा वरीपरि निकै मेहनत र लामो समय खर्च गरेर पटक पटक अध्ययन र विश्लेषण गरी तयार पारिएको पटकथा निकै बलियो छ । सम्बाद तथा गीतहरु कर्ण प्रिय छन् । गीतहरु लामो समयसम्म बजिरहन सक्छन् चलिरहन सक्छन् । यो फिल्मले सवै टिमलाई नै माथि उठाउन सक्छ । निर्माताको लगानी सहजै उठ्ने मात्र होइन उनलाई अर्थात युवा निर्माता रमेशलाई फिल्म क्षेत्रमा निरन्तरता दिइरहने निश्चित छ । कतिपय कलाकारहरुसितको कुराकानीवाट यो पनि स्पष्ट भएको छ कि सवै कलाकारहरु आफ्नो मेहनतप्रति खुशी छन् । नायिका पुजना शाहीले भनिन् यो चिहान फिल्मले एउटा नयां उचाईमा उडान भर्नेछ । त्यसैगरी फिल्म शो समापन पछि प्रतिकृया दिंदै निर्देशक भन्छन् आदरणीय दर्शकहरु अतिथिहरु र समीक्षकहरुले फिल्म चिहान हेरेर जुन किसिमको सन्तुष्टी ब्यक्त गर्नु भयो मेरो सफलता त्यहि हो । निर्माता रमेशको प्रतिकृया पनि निकै रमाइलो छ मैले भल्गरको दुनियावाट अलग सभ्य समाजको लागि फिल्म वनाउने अभियान शुरु गरेको छु । हामी नायक निरज बराल र नायिका अनुपा कार्कीको भने प्रतिकृया लिन सकेनौ । अनुपा कार्की हाल देश वाहिर भएकाले संभव भएन । अनुपा कार्कीले चिहान फिल्मवाट जुन किसिमको अपेक्षा राखेकी थिइन त्यो अपेक्षा पूरा भएको देखिन्छ । चिहान फिल्मको सिंगो कथा नै उनको वरिपरि घुमिरहेको छ । सवैले शुरु देखि नै उनीमाथि शंकाको औंलो ठड्याईराखेका हुन्छन् । तर उनी निर्दोष मात्र हुन्नन् जति सुकै नजिकको र आदरणीय ब्यक्ति भएपनि अपराधी एवं हत्यारालाई उस्ले गरेको अपराध अनुसारको संजाय पाउनै पर्छ । त्यसता हत्यारा र अपराधीले उम्कन पाउनु हुंदैन भन्ने पक्षमा पहाड झै उभिएकी छन् । उनको अभिनयलाई दर्शक र समीक्षकले उत्कृष्ट ठह¥याएका छन् ।
निरज वरालको अभिनय जीवन्त छ कतै पनि आर्किटेक्ट इन्जिनियरको अभिनय गरिरहेका छन् जस्तो लाग्दैन वास्तवमा यी आर्किटेक्ट इन्जिनियर नै हुन् जस्तो भान यद्यपि लागिरहेको छ । चिहानले सफलता पाओस शुभकामना ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351