Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारतमा एक महिलाले जन्माइन् एकै पटकमा १० सन्तान (देवी कै शक्ति रहिछ) - भिडिओ सहित !!!

$
0
0
काठमाडौं, पौष ३ । भारतको मध्य प्रदेशको रिवा सहरमा एक महिलाले एक साथ १० सन्तानलाई जन्म दिएकी छिन् । तर, अपरिपक्व भएको कारणले ती कुनै पनि शिशु जीवित भने रहन सकेनन् । सतना जिल्लाको रन्नैही थाना क्षेत्रकी २८ वर्षीया अञ्जु कुशवाहाले १० मृत शिशुलाई जन्म दिएकी हुन् ।

१० वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अञ्जुले यसअघि कुनै पनि सन्तानलाई जन्म दिएकी थिइनन् । अञ्जुका पतिले उनलाई स्थानीय समय अनुसार आइतबार राति करिब ११ बजे सञ्जय गान्धी मेमोरियल अस्पताल पुर्‍याएका थिए । अञ्जुले अस्पताल पुग्नुअघि बीच बाटोमा नै ९ सन्तानलाई जन्म दिएकी थिइन् । उनका पतिले ती सबै सन्तानलाई अस्पतालसम्म पुर्‍याएका थिए ।

 अपरिपक्व ती शिशुको आयु १२ साताको थियो । मृत अवस्थामा ती शिशु गर्भबाट बाहिर निस्किएका थिए । १०औं शिशुलाई भने गर्भाशयबाट निकालिएको थियो । १० मृत सन्तानलाई जन्म दिएकी अञ्जुको उपचार भइरहेको बीबीसीले जनाएको छ ।

 एक साथ १० शिशुलाई जन्म दिएको यस घटनालाई चिकित्सा क्षेत्रमा अनौठो मानिएको र यस घटनामाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

 सञ्जय गान्धी अस्पतालका सहायक प्रमुख डा. एसके पाठकले गर्भ रोक्न धेरै मात्रामा औषधिको प्रयोग गरेका कारण यस्तो भएको हुन सक्ने भन्दै तर घटनाको वास्तविकता पत्ता लगाउन एक शोध नै जरुरी रहेको प्रतिक्रिया दिएका जनाइएको छ -इमेज समाचार/तस्वीरः बीबीसी -
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>