Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कुखुराको कथा र नेपाली महिलाको यौन जीवन I

$
0
0
कल्पना खरेल। हाम्रो नेपाली समाजमा महिला र पुरुषबीचको सम्बन्धको बिषय बस्तुमा केन्द्रित रहेर केही नारी संवेदनशीलतालार्इ अलि पृथक शैलीमा उजागर गर्दैछु । सबैभन्दा पहिले उदारणका लागि एउटा छोटो कथा प्रस्तुत गर्न गहिरहेको छु– एकादेशमा एकजना राजा थिए, राजाकी एउटी छोरी राजकुमारी थिइन्, राजकुमारीले धेरै लामो समयसम्म विवाह गर्न नमानेपछि राजाले बिभिन्न बिद्वानहरुसँग परामर्श गरे । बिद्वानहरुले धेरै लामो अनुसन्धान गरेपछि पत्ता लाग्यो– राजाको घरमा कुखुरा पालिएको रहेछ । 

जहिले पनि कुखुराको भाले पोथीलाई लखेटीलखेटी सम्भोग गथ्र्यो । त्यो देखेर राजाकी छोरीलाई मनमा वितृष्णा जाग्यो । त्यसैलाई देखेर उनलाई विवाह गर्ने ईच्छा हरायो । उनले विवाह गर्न मानिनन् । उनको मनमा लाग्यो– यी भाले जातिहरू पोथीलाई यस्तै दुःख दिने रहेछन् । त्यसपछि बिद्वानहरूले राजालाई घरमा परेवा पाल्न सल्लाह दिए । 

राजाले कुखुरालार्इ हटाएर घरमा धेरै परेवा पाले । त्यस पछि सधै ती परेवाका जोडीको एकअर्काप्रति प्रेम स्पर्स देखेर राजकुमारीलाई विवाह गर्ने रहर जाग्न थाल्यो । र, उनले विवाह गर्ने ईच्छा प्रकट गरिन । धेरै महिलाहरुको असन्तुस्टि र नारी संबेदनशीलताको बिषयमा राम्रो ज्ञान नहुँदा तथा बुझ्न नसक्दा हाम्रो नेपाली समाजमा पनि राजाकी छोरीलाई जस्तै धेरै महिलालाई विवाह र यौनप्रति वितृष्णा जागेको हुन सक्छ ! यौन शिक्षा तथा ज्ञानको कमि हुनुको कारण महिलाहरु के चाहान्छन् ? कस्तो किसिमको व्यवहार गर्नु पर्छ ? भनेर महिलाका कोमल भाबनालार्इ बुझ्न पुरुषले कोसिस गरेको पाइँदैन । 

हाम्रो समाजमा अधिकांश पुरुषहरुले आफ्नो खुसीलाई मात्र प्राथामिकता दिएको पाइन्छ । नेपाली समाज २१औं सताब्दीमा आइपुग्दा अझै पनि २० प्रतिशत महिला पूर्ण रुपमा आफ्नो जीवन साथीसँग खुसी छन् भने ८० प्रतिशत महिलाहरु अझै पनि यौन र मायाममताका कुरामा असन्तुस्ट छन् । हाम्रो नेपाली संस्कारले महिलालार्इ दबाएर राखेको हुनाले अर्थात् महिलाहरु लजालु स्वभाबका हुनुको कारणले पनि उनीहरुले आफ्ना ईच्छा तथा मनका चाहनालाई कुण्ठाएर राखेका हुन्छन् । 

उनीहरुले आफ्नो जीवन साथीसँग सम्पूर्ण आफ्ना भाबना र चाहनालार्इ खुलेर प्रकट गर्न सकिरहेका हुदैनन् । यौन चाहनाका विषयमा पनि पुरुषले जसरी व्यक्त गर्न सक्छन्, महिलाले त्यसरी व्यक्त गर्न सकिरहेका हुँदैनन् । जीवन संगिनीलाई खुसी बनाउने तरिका पुरुषले अपनाइरहेका हुँदैनन् । महिलाहरु जहिले पनि प्रसंशाको भोका हुन्छन्, रुपको होस् या गुणको होस् । 

खुलेर आफ्नो श्रीमान्ले प्रसंशा गरिदिएमा महिला अति नै प्रफुल्ल हुन्छन् । कुनै पनि कपडा लगाउँदा होस् या मेकअप गर्दा तिमी कति सुन्दरी देखिएकी भनेर आफ्नो श्रीमानले खुलेर प्रसंसा गरिदियो भने महिला अझ बढी खुसी हुन्छन् । त्यसैगरी गुणको पनि प्रसंशा गरेर जीवन संगिनीलाई खुसी राख्न सकिन्छ । जन्म दिन होस् या अरु कुनै दिन होस्, बेलाबेलामा सानोतिनो नै किन नहोस् उपहार दिएमा अझ बढी मख्ख बनाउन सकिन्छ । कतिपय पुरुषहरुको बानी मनमा माया भए पनि देखाउन नसक्ने अथवा देखाउन नचाहने हुन्छ । 

तर, महिलाहरुलार्इ स्पस्ट मन मस्तिकमा प्रभाब पर्नेगरी प्रसंशा तथा माया देखाउनै पर्ने हुन्छ । जब महिलाले माया पाएको महसुस गर्न सक्छिन्, तब नै पूर्ण रुपमा आफ्नो जीवन साथीसँग समर्पित हुन सक्छिन् । त्यसपछि मात्र यौनलगायत सबै कुरमा आफ्नो जीवन साथीलार्इ पूर्ण रुपमा सन्तुस्ट बनाउन सक्छिन् । नारी कोमल हृदयलार्इ पारदर्शी प्रेम स्पर्सले नै जित्न सक्छ । 

महिलाहरुले पनि आफ्ना श्रीमान्को ईच्छा आकांक्षा कदर गर्न सक्नु पर्छ । महिलाहरुले आफ्ना श्रीमान्को मनको भाबना र चाहना बुझ्न नसक्दा अर्थात् कदर गर्न नसक्दा पुरुषहरुले अरु कुनै नराम्रो बिकल्प रोज्न सक्छ्न् । 

त्यसैले महिलाहरुले पनि आफ्नो श्रीमान्को ईच्छा आकांक्षालार्इ गम्भीर भएर बुझ्नु पर्ने हुन्छ । आजभोलि निक्कै तडकभडकको जमनामा बाहिर जाँदा पुरुषहरुले निक्कै सुरासुन्दरी देखेका हुन्छन् । 

त्यस्तै आफ्ना श्रीमान्को ध्यान अन्तै नखिचियोस् भन्नका लागि पनि महिलाले आफूलाई निक्कै मेन्टेन गर्नुपर्ने हुन्छ । श्रीमान् र श्रीमती एकअर्काका परिपुरक हुन् । दुवैले दुवैको भावना बुझ्न सक्यो भने मात्र एक सुन्दर घर बन्छ र सुन्दर, खुसी अनि सफल जीवन बन्छ ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>