Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

समानुपातिकको स्वाद श्रीमती, साली र प्रेमिकालाई

$
0
0
३ पुस, काठमाण्डौ । बाह्र बर्ष ढुङग्रोमा राखे पनि कुकुरको पुच्छर बांगाको बांगै भनेझैं जनताले हराइदिएका नेता समानुपातिक प्रणालीको दुरुपयोग गरी धनाढ्य र परिवारका सदस्यलाई सभासद् बनाउन लागिपरेका छन् ।

राजेन्द्र महतोको पार्टी सदभावनाले प्रत्यक्षमा एक सिट मात्र जिते पनि समानुपातिकमा ५ जना पठाउन पाउने मत हाँसिल गरेकेा छ । जसमध्ये दुई जना महिला पठाउने प्राबधानमा उनले आफ्नै श्रीमती शैलदेवीलाई पठाउने भएका छन् । शैलदेवी राजेन्द्रकी श्रीमती हुनुबाहेक राजनीतिमा सक्रिय नाम हैन ।

फोरम गणतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले आफ्नै भतिजी प्रमिला गच्छदारलाई सभासद बनाउने भएका छन् । यसैगरि संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले प्रत्यक्षमा एकै सिट नजिते पनि समानुपातिकमा एक सभासद पाएका छन् । उनको जोडबल पनि आफ्नै श्रीमती डिम्पल झालाई बनाउने छ । प्रत्यक्षमा एकै सिट नजितेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि समानुपातिकमा प्राप्त एक सिटमा आफ्नै श्रीमतीलाई पठाउने तयारी गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

फोरम नेपालका उपेन्द्र यादवले पनि समानुपातिकमा साली रेखा यादवलाई पठाउने तयारी गरेका छन् । यसअघि नै उनले रेखालाई निजी सचिवका रुपमा काम लगाइसकेका छन् ।

तमलोपाका महन्थ ठाकुरले भने उर्जामन्त्री उमाकान्त झाकी बिसुद्ध गृहिणी श्रीमती इन्दिरा झालाई समानुपातिक सभासद बनाउने भएका छन् । सरत्सिंह भण्डारीले पनि आफ्नै प्रेमिका निर्जला राउतलाई सभासद् बनाउने पक्का छ ।

जसलाई प्रभावशाली पदमा पुर्‍यायो उसैले धोका दिएर नयाँ पार्टी खोल्ने र आफैं अध्यक्ष बन्ने परम्परा नै बनेकाले तराईका नेताहरुले आफुलाई धोका नदिने पात्रलाई सभासद बनाउन लागेको समाचारमा जनाइएको छ ।

एमालेबाट तीन ब्यापारीको भाग्य चम्किने

यसैवीच एमालेले तीन जना ब्यापारीलाई समानुपातिकबाट सभासद् बनाउने तयारी गरेको बुधाबार साप्ताहिकले छापेको छ ।

घरजग्गा ब्यापारी इच्छाराज तामाङ, गोल्छा हाउसकी राज्यलक्ष्मी गोल्छा र राजधानी दैनिकका प्रकाशक एवं म्यानपावर ब्यबसायी महेन्द्र शेरचनलाई एमालेले ब्यापारीको प्रतिनिधित्व गराउँदै सभासद् बनाउन लागेको समाचारमा जनाइएको छ । बाहुन क्षेत्री समुदायबाट समानुपातिक सभासद् बन्न निकै पापड बेल्नु पर्ने अबस्था आए पनि यी तीन ब्यापारीको नाम अहिले नै घोषणा गरेसरह रहेको समाचारमा जनाइएको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>