Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पत्रकार/ साहित्यकार पाल्पालीलाइ सहयोग रकम हस्तान्तरण - with video report

$
0
0
 काठमाण्डौ, पौष ३ । गएको साउनदेखि अचानक बिरामी परेका पाल्पालीलाइ निरन्तर उपचार गराइरहँदा पनि रोग निको हुनुको सट्टा थपिँदै गएकाले पाल्पालीपत्नी रेणुका हतास भइरहेकी छिन् । 

हुन पनि पाल्पालीलाई लागेको रोग चानचुने छैन । चिकित्सकहरूका अनुसार उनका दुवै मिर्गौलाले राम्ररी काम गर्न छाडेका छन् । मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गर्नुको विकल्प छैन । 

 त्यसका लागि ३० लाखभन्दा बढी नेपाली रकम लाग्छ । भारतको दिल्लीमा लगेर उपचार गराइरहेकी रेणुले अन्ततः पुनः फर्काएर काठमाडौँ ल्याई आफ्नै डेरामा राखेकी छिन् पतिलाई । दुई दशकभन्दा बढी समय राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसामा लागेर सामाजिक कर्तव्य निर्वाह गरिरहेका पाल्पाली थला पर्दा राज्यले उनको उपचारका लागि कदम नचाल्निु पत्रकारप्रतिको उपेक्षालाई स्पष्ट पार्दछ । 

अझै उनको उपचारका लागि ३० लाखभन्दा बढी रकम लाग्ने  भएकाले स्वदेश तथा विदेशमा रहनुहुने धेरै नेपाली दाजुभाइ दिदीबहिनीले पाल्पालीको उपचारका लागि सहयोग गरि दिन हुन् पाल्पालिका पत्नी रेणुका यसै भिडियो मार्फत आग्रह गर्दछिन, भने सहयोग पनि प्राप्त भै रहेको अबस्था छ  । यसै बिच बुधबार साझ  एक समारोहका बिच पाल्पाली निबास स्थानमा नै विदेशबाट संकलित रकम हस्तारण भएको छ । 

 एनआरएनए अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाको पहलमा पत्रकार पाल्पाली बचाऊ अभियानलाई नाइजेरियामा रहेका नेपालीहरुबाट संकलित रकम रु १,४३,००० पाल्पालीका धर्म पत्नी रेणूकालाइ हिक्मत थापा आफैले नेपाल आउनु भएको अवसर पारि हस्तान्तरण गर्नु भएको छ । 

साथै यसै अनुकुल मिलाई इजरायलबाट सुचित्रा खनिया र लिला लिम्बुको पहलमा नेपालि नारि आवाज मार्फत इजरायलमा कार्यरत नेपालीहरुबाट सकलन गरिएको रकम रु, १,१२,००० पनि यसै समारोह बिच सुचित्रा खनियाकि पुत्री संजीवनी खनियाले चेक हस्तान्तरण गरिएको थियो । सहयोग पाए पछी पाल्पालि पत्नि रेणुका दुख =का खुशी ब्यक्त गर्दै सहयोगी मनहरु प्रति आभार प्रकट गर्नु भएको थियो ।
बाकि बिस्तारमा भिडियो रिपोर्ट हेर्नु होला ! 
 नोट : सहयोग गर्न चहानुहुने सम्पूर्र्ण नेपाली दाजुभाई तथा विदेशमा रहनुभएका शुभेच्छुक, शुभचिन्तकहरुले निम्न खाता नम्बरमा रकम सहयोग गर्न सक्नु हुने छ --
रेणुका भट्टराई k ४७१५९ s कुमारी बैंक
रेणुका भट्टराई ०२०-२१७४१० किष्ट बैंक
इमेल मार्फत : nebomedia@yahoo.com, renukabhattarai@213@yahoo.com
मोबाइल नं. ९८४११८७०७५ मा सिधा सम्पर्क गर्न सकिनेछ । -
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351