१० पुस, काठमाडौं । निजी विद्यालयहरुले विद्यालय स्तरको शिक्षण शुल्क बढाउन माग गरिरहेका बेला एक निजी शैक्षिक संस्थाले सय रुपैयाँमै उच्च शिक्षा दिने भएको छ । उपत्यकाको समता शिक्षा निकेतनले आर्थिक रुपले विपन्न वर्गका लागि यसै शैक्षिक सत्रदेखि मासिक एक सय रुपैयाँमा उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण तयार पारेको छ ।
समता शिक्षा निकेतनको समता कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चारवर्षे व्यवस्थापन र तीन वर्षे मानविकी संकायको पठन पाठन काठमाडौंको बौद्ध वडा नम्बर ६ बाट थालेको छ ।
समता शिक्षा निकेतन समता कलेजको मंगलबार विधिवत रुपमा उद्घाटन गरियो । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अनुराधा कोइराला र डा. उपेन्द्र महतोले रिबन काटेर कलेजको उद्घाटन गरे ।
कलेजको सञ्चालनको पहिलो वर्ष भएकाले व्यवस्थापन र मानविकी गरी दुवै संकायतर्फ ५०-५० गरी सय जना विद्यार्थी भर्ना लिएको समताका सञ्चालक उत्तम सञ्जेलले बताए । समताले विभिन्न १९ जिल्लामा ११ माध्यमिक तहका र ८ विद्यालय प्राथमिकदेखि निम्नमाध्यमिक तहसम्म सञ्चालन गर्दै आएको छ ।

- नागरिक दैनिक