Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

राणाहरुको सुन र हीराले भरिएको दराज ७९ वर्षदेखि लन्डन दूतावासमा अलपत्र

$
0
0
१० पुस, काठमाडौं । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावास भवनमा एउटा दराज (सेफ) छ । ताला मारिएको, ह्यान्डिल भाँचिएको अवस्थामा यो दराज ७९ वर्षदेखि दूतावासको भुइतलामा अलपत्र छ ।

दराज कसैले खोलेको छैन, दायाँबायाँ सारेको छैन । खोलेको देख्ने पनि कोही छैन । यसको साँचो कोसित छ त्यो पनि पत्तो छैन ।

दूतावासमा पोस्टिङ भएर जाने परराष्ट्रका कर्मचारीदेखि राजदूतसम्म त्यो दराजमा के होला भन्ने कौतुहल राख्छन्, तर खोल्ने आँट गर्दैनन् ।

‘दूतावासको अन्डरग्राउन्डमा ह्यान्डिल नभएको एउटा पूरानो दराज छ । कहिलेदेखि त्यो त्यहाँ राखिएको हो, केही पत्तो छैन्,’ बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले भने, ‘दराजको साँचो दूतावाससँग छैन, त्यसैले दशकौंदेखि खोलिएको छैन । त्यसभित्र के छ, केही थाहा छैन ।’

सेतो रंगको फलामको ६ फिट अग्लो दराजका विषयमा विभिन्न किंवदन्ती चलेको छ ।

किंवदन्ती १

दराजमा आपत पर्दा काम लाग्छ भनेर राणाहरुले सुन तथा हीराजडित गरगहना लुकाएका थिए । साँचो उनीहरुसँगै थियो । राणाशासन अन्त्यसँगै त्यो साँचो पनि हरायो, त्यतिबेलादेखि नै दराज बन्दको बन्दै छ ।

किंवदन्ती २

दोस्रो विश्वयुद्धमा जर्मनीले बेलायतमाथि युद्ध छेड्यो । ठूला बमबारीबाट नेपाल र बेलायतसँग सम्बन्धित महत्वपूर्ण कागजात जलेर नष्ट होलान् भनेर दराजमा राखियो र दराब बलमे कम असर गर्ने स्थल भुइतलामा थन्काइयो ।

किंवदन्ती ३

त्यो दराज नेपाली दूतावास उक्त भवनमा नबस्दैदेखि त्यहीँ थियो । बेलायतीहरुले उक्त दराजमा भूतप्रेत थुनेर राखेका छन् । कसैले खोले भूतप्रेत बाहिर निस्कन्छन्, त्यसैले कोही दराज खोल्ने हिम्मत गर्दैनन् ।

यद्यपी, नेपाली दूतावासले एकपटक दराज खोल्ने चेष्टा नगरेको होइन । ‘भित्र के छ भनेर दराज खोल्ने प्रयास गरेको थिएँ । सेफ कम्पनीसँग कुराकानी भयो । यति पुरानो दराज कहाबाट आयो भनेर उनीहरु पनि छक्क परे । तर दराज खोल्न कम्पनीले ठूलो रकम मागेका कारण उक्त रकम व्यवस्थापन गर्न नसकेर दराज नखोलेका हौं,’ बेलायतका लागि पूर्व राजदूत (२००३-२००६) प्रवलशमशेर राणाले भने ।
- अनलाइनखबर
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>