काठमाडौं, पौष १३ । भारत, आन्ध्र प्रदेशको अनन्तपुरमा गुडिरहेको रेलमा आगो सल्किंदा २३ जनाको मृत्यु भएको छ । मारिनेमा दुई बालबालिका पनि परेका छन् । धेरै जसोको धुवाँमा निस्सारिएर मृत्यु भएको रेल्वे सेवाका अधिकारीहरुले जनाएका छन् ।
घटनामा घाइते भएकाहरुको स्थानीय पुट्टापर्थी अस्पतालमा उपचार भैहरको छ । नान्देण्ड जाने बैगलोर–नान्देण्डकोएक्सप्रेस रेलमा बिहान आगो सल्किएको स्थानीय रेल्वे प्रवक्ता सीएस गुप्ताले जनाएका बीबीसीले उल्लेख गरेको छ ।
आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । भारतमा दैनिक ९ हजार रेलले १ करोड ८० लाख यात्रुलाई सेवा दिंदै आएको छ । - source : imagekhabar